०६ साउन २०८३, बुधबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन कार्यक्रम सौराहामा सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन कार्यक्रम सौराहामा सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा आयोजित सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।  

देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने करिब ३०० जना कर्मचारीहरूको कार्यक्रममा उपस्थित थिए।

प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम चितवनको सौराहामा कार्यक्रम भएको थियो।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदाधिकारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिए।

साथै कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्‍याउने कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए।

कार्यक्रममा ३ जना जोनल हेड, ३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख, १२ जना कार्यलय सञ्चालनमा सहयोग पुर्‍याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटिभ गरी ४८ जना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भव्य सेल्स कन्भेन्सनबाट कर्मचारीहरूले कम्पनीको हालको अवस्था, कम्पनीको आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत् ज्ञान हसिल गर्नुका साथै यस किसिमका सीप तथा प्रविधिमैत्री तालिमबाट कर्मचारीहरू उत्साहित र थप ऊर्जावान् भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।

साथै कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरूमा पनि विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरे।

कर्मचारीको प्रगति र हितका लागि सदैव आफूलगायत सञ्चालक समिति  सकारात्मक रहेको साथै मेहनत र लगनशील भई काम गर्दै गए अवश्य  सफलता प्राप्त हुने कम्पनीका सन्चालक नन्दकिशोर शर्माले प्रस्ट पारे।

salt training

कमेन्ट गर्नुहोस्