माघ ११, २०७९
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
काठमाडाैं | माघ १०, २०७९
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा आयोजित सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० जना कर्मचारीहरूको कार्यक्रममा उपस्थित थिए।
प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम चितवनको सौराहामा कार्यक्रम भएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदाधिकारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिए।
साथै कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्याउने कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए।
कार्यक्रममा ३ जना जोनल हेड, ३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख, १२ जना कार्यलय सञ्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटिभ गरी ४८ जना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भव्य सेल्स कन्भेन्सनबाट कर्मचारीहरूले कम्पनीको हालको अवस्था, कम्पनीको आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत् ज्ञान हसिल गर्नुका साथै यस किसिमका सीप तथा प्रविधिमैत्री तालिमबाट कर्मचारीहरू उत्साहित र थप ऊर्जावान् भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।
साथै कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरूमा पनि विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरे।
कर्मचारीको प्रगति र हितका लागि सदैव आफूलगायत सञ्चालक समिति सकारात्मक रहेको साथै मेहनत र लगनशील भई काम गर्दै गए अवश्य सफलता प्राप्त हुने कम्पनीका सन्चालक नन्दकिशोर शर्माले प्रस्ट पारे।
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा क...
नेपाल मुद्रण उद्योग महासंघ (एफएनपीए)को नवौं साधारण सभा यही माघ २१ गते काठमाडौंमा हुने भएको छ । अनुपम फूडल्यान्डमा हुने साधारणसभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल प्रमुख अथिति रहने महासंघले ...
नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन शुरुवात गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभ...
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार पुगेको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । बिहीबार प्रतितोला ७ सय रुपै...
नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही माघ १८ गतेदेखि हुने गरी स्विच टु प्रमियम कार कल्चर नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ। जसमा आफूसँग भएको पुरान...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...