×

NMB BANK
NIC ASIA

वैशाख १ : एउटै मितिका लागि पाँच नेपाली चलचित्र

दयाहाङ राईका दुई चलचित्र एउटै मितिमा

माघ १२, २०७९

NTC
Premier Steels

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ । 

Muktinath Bank

बिहीवार मात्रै यस चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशाख १ गते रोजेसँगै उक्त मितिका लागि प्रदर्शन घोषणा गरेका चलचित्रको संख्या पाँच पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदर्शन मितिका रुपमा नयाँ वर्ष रोजेका पाँच वटै चलचित्रहरू ठूला ब्रान्ड र स्टार कलाकारहरूका हुन् । योसँगै वैशाख १ मा नेपाली चलचित्रमा ‘हेभिवेट’ भिडन्त हुने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदर्शन मिति घोषणा गरेकामध्ये एउटा वा दुईवटा चलचित्र पछि हटेपनि कम्तीमा ३ वटा चलचित्रबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिएको छ । 

Vianet communication

यसअघि ‘भगवत गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । झरना थापाको निर्देशन रहने ‘भगवत् गीता’को छायांकन सुरु भइनसकेकाले उक्त मितिमा रिलिजको सम्भावना न्यून देखिन्छ । 

सुहाना थापा, धिरज मगर, विपिन कार्की लगायतको अभिनय रहने चलचित्रले निर्माणसँगै प्रदर्शन मिति घोषणा गरेको थियो । 

रामबाबु गुरुङको निर्माण एवं उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् । 

यस्तै, ब्रान्ड बनिसकेको नाम ‘नाइँ नभन्नु ल’को छैठौं सिरिजमा आशीर्वाद बराल र आँचल शर्मा मुख्य भूमिकामा छन् । विकासराज आचार्य चलचित्रका निर्देशक हुन् । 

त्यसैगरी सुदर्शन थापाको निर्देशनमा तयार ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । 

रोहित कट्टेल प्रस्तुतकर्ता एवं प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङ र प्रकृतिसँगै शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत अभिनय छ ।

रोचक कुरा त के देखियो भने वैशाख १ गते दयाहाङ राईका ‘जारी’ र ‘बिहे पास’ गरी दुई वटा चलचित्र एकैदिन प्रदर्शन हुने भएका छन् ।

चलचित्र क्षेत्र र दर्शकले आशा गरेका चलचित्रहरू एउटै मितिमा आउँदाको असर सबै चलचित्रलाई पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा चलचित्रले पाउने शो घट्छ । त्यसले चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x