१० साउन २०८३, आइतबार

कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशको चुनौती सामना गर्न सक्छ : नैनसिंह महर

साउन ५, २०८३
काठमाडौं
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशको चुनौती सामना गर्न सक्छ : नैनसिंह महर
फाइल फोटो

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसको सुदृढ एकता र सशक्त संगठनले मात्र मुलुकले सामना गरिरहेको राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सक्ने बताएका छन्।

बीपी कोइराला स्मृति दिवसको अवसरमा स्कूल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता महरले वर्तमान परिस्थितिमा देश, जनता तथा सम्पूर्ण कांग्रेसीहरूको आत्मसम्मानको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । त्यसका लागि व्यक्तिगत हठ, कुण्ठा, पूर्वाग्रह र गुटगत सोच त्यागेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बीपी कोइरालाले प्रतिपादन गरेका प्रजातन्त्र, समाजवाद र राष्ट्रियताका आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले ती आदर्शलाई व्यवहारमा उतार्न कांग्रेसभित्र आपसी विश्वास, सहकार्य र अभूतपूर्व एकता अपरिहार्य रहेको बताए।

नेता महरले नेपाली कांग्रेस केही नेताहरूको मात्र पार्टी नभई करोडौं नेपालीको आशा, विश्वास र लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको संस्था भएको बताए । समयको पदचाप र जनअपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्न सबैको आत्मसम्मानको कदर हुने वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्