कीर्तिपुरमा एक निजी गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटस्थित चाँदनीचोकमा एउटा निजी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दीलिप घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
उनकाअनुसार मृतक पुरुष हुन् । जसको सनाखत भएको छैन ।
मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो ।
अहिले आगो निभाइएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको एसएसपी घिमिरे बताए ।