०२ साउन २०८३, शनिबार

नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

'इण्टिलेक्चुअल ग्रोथ' नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ दिने 'ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न गरेको छ ।

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचनागरी चालु आर्थिक वर्षको बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागीय प्रमुख तथा देशैभरिबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरू गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको उक्त सम्मेलनको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पुर्‍याउन सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिए।

यसैगरी नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका विषयहरूमा प्रस्तुति दिए।

उनले नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्बन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएबारे विस्तृत जानकारी गराए।

उपस्थित शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरूलाई कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीज्यूले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कारबाहीमा शाखा कार्यालयको भूमिकाबारे प्रस्तुति दिएका थिए।

यसैगरी सम्मेलनमा सहभागी कर्मचारीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यवसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरूबारे प्रशिक्षण प्रदान गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्