२२ असार २०८३, सोमबार

‘ह्यारी कि प्यारी’को टिकट बुकिङ खुल्यो, कति पायो शो ?

‘ह्यारी कि प्यारी’को टिकट बुकिङ खुल्यो, कति पायो शो ?

यही शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को टिकट बुकिङ खुला गरिएको छ । 

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रको बुधवारदेखि टिकट बुकिङ खुला गरिएको हो । 

यो चलचित्रलाई प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले २५ शो उपलब्ध गराएको छ ।

त्यस्तै, राजधानीको विग मुभिजले ३ शो, बिएसआरले २, वान सिनेमाजले ६, एफक्यूबले ३ शो उपलब्ध गराएका छन् ।  चलचित्रले मल्टिप्लेक्स हलहरुमा  पाएको शोलाई औसत मान्न सकिन्छ । 

डा. भोला रिजालको निर्माण एवं उनका जेठा छोरा डा. कपिल रिजालको लेखन एवं निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि शीर्ष भूमिका छ ।

प्रिमियरमा निम्तालु चलचित्रकर्मीबाट निकै राम्रो प्रतिक्रिया पाएको ‘ह्यारी कि प्यारी’लाई दर्शकहरुले पनि रुचाउने विश्वास गरिएको छ ।

डा. भोला रिजाल दुई दशकपछि यसै चलचित्रमार्फत निर्माताका रुपमा फर्किएका हुन् । यो जितु पहिलोपटक सोलो अभिनेताको रुपमा प्रस्तुत भएको चलचित्र हो ।

salt training

कमेन्ट गर्नुहोस्