
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफूहरू सरकारमा अहिल्यै नजाने बताएका छन्।
बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने कुरा नभएको बताए।
उनले सरकारलाई आफूहरूले दिएको समर्थन जारी रहने बताए।
सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाइ छ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।