२३ असार २०८३, मंगलबार

फ्राइडे रिलिज : हलमा ‘मनसँग मन’ र ‘आँधी तूफान २’

फ्राइडे रिलिज : हलमा ‘मनसँग मन’ र ‘आँधी तूफान २’

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार) दुई नेपाली फिल्म एकसाथ रिलिज भएका छन् ।

कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ र मदन घिमिरे निर्देशित फिल्म ‘आँधी तूफान २’ रिलिज भएका हुन् । 

प्रेमकथानक फिल्म ‘मनसँग मन’मा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय छ ।

अरुण तामाङ निर्माता रहेको यस फिल्मको एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।

यस्तै, एक्सन जनरामा निर्माण भएको ‘आँधी तूफान २’मा रवि गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुष्कर राउत, सोनी बिसी, यांशु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्की लगायतको अभिनय छ । मौनता श्रेष्ठको लेखन एवं निर्माणमा बनेको फिल्मले महिला सशक्तीकरणको विषय उठान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्