
अभिनेता पल शाह आफ्ना लागि बलिउड अभिनेता शाहरुख खानजस्तै भएको नायिक पूजा शर्माले बताएकी छन्।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको विशेष शोका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले अभिनेता शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन्।
पल शाहलाई सबैसँग मिल्ने 'आलु'को रूपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको उनले बताइन्। पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण भएका व्यक्ति रहेको उनको भनाइ थियो।
शाह नहुँदा आफूलाई चलचित्रमा अभिनय गर्न पनि नरमाइलो लागेको उनले बताइन्।
भनिन्, 'मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु । जोसँग पनि मिल्ने, जोसँग पनि सहज, जो कसैले पनि उसलाई अप्रोच गर्ने, एउटा कलाकारमा हुनुपर्ने गुण छ, पलजस्तो कलाकार हामीले पाउन गाह्रो छ ।'
पललाई देख्दा शाहरुख नै देखेको जस्तो लाग्ने उनले टिप्पणी गरिन्।