११ असार २०८३, बिहीबार

आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, प्रणय दिवसको अफर

आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, प्रणय दिवसको अफर

आईएमई पे र चन्द्रागिरि हिल्सबीच 'फिल द एयर' नामक अफर सार्वजनिक गरिएको छ ।

अफर अनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई पे एपमार्फत काटे चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुटहरू प्राप्त गर्न सक्नेछन्।

सीमित समयका लागि मात्र लागु भएको यस अफरमार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउनेछन्।

सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

साथै  यी दुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ ।

माघ २८ देखि फाल्गुन १ सम्म आईएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन्।

उक्त अफरको विजेताहरूको घोषणा एवम् सम्पूर्ण जानकारी आईएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न सकिनेछन्।

salt training

कमेन्ट गर्नुहोस्