![मोबाइल लुटिएको लोत्से मल पुग्दा जे देखियो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Balaju_5_kZ1V3OvhgZ.jpg)
बालाजुको लोत्से मलबाट सोमबार करीब ८ करोड रुपैयाँ बराबरको मोबाइल लुटिएको छ ।
यातायात मजदुरले अनियन्त्रित आन्दोलन गरिरहेका बेला एक भीडले मोबाइल पसलमा पुगेर मोबाइल लुटेको थियो ।
सोमबार लुटिएको मोबाइल करीब ८ करोड रुपैयाँका भएका दाबी गरिएको छ।
सबै मोबाइल आयात हुँदै इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएका छन् ।
आज मंगलबार बिहान लोत्सेम मल पुग्दा पसल रित्तै देखिएको थियो भने तोडफोड गरिएका सामानहरू यत्रतत्र छरिएका थिए। मलअगाडि पत्रकार तथा सर्वसाधारणहरू उल्लेख्य रूपमा उपस्थित थिए।
मोबाइलका खोल प्लास्टिक, सिसालगायत सामानहरू छरपस्ट थिए। मलको भवनका झ्यालहरूका सिसा सबै फुटेका थिए।
घटनास्थलमा अहिले पनि प्रहरीले सुरक्षा दिइरहेका थिए।








