२१ असार २०८३, आइतबार

प्रदीपको मुख्य भूमिका रहने फिल्म ‘कामिनो’मा नीति शाह अनुबन्धित

प्रदीपको मुख्य भूमिका रहने फिल्म ‘कामिनो’मा नीति शाह अनुबन्धित

युवा स्टार अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘कामिनो’मा अभिनेत्रीको रुपमा मोडल नीति शाह अनुबन्धित भएकी छिन् ।

दीपक वलीको निर्देशन रहने फिल्ममा नीति प्रमुख एक अभिनेत्रीका रुपमा अनुबन्धित भएकी हुन् ।

निर्माण टिमले बुधवार नीतिसँग अभिनयका लागि कागजी सम्झौता गरेको हो । फिल्ममा यसअघि नै प्रदीपसहित वर्षा शिवाकोटी र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन् । 

फिल्ममा नीतिको जोडी अभिनेता प्रदीपसँग बाँधिनेछ । यसअघि उनीहरूले केही विज्ञापनमा एकसाथ काम गरेका छन् ।

महेश दवाडीको लेखन रहेको फिल्ममा एक्सेस नेपाल फिल्मस् निर्माताको रुपमा रहेको छ भने सुनिल विष्ट गौली कार्यकारी निर्माताको रुपमा छन् । 

जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि फिल्म बन्न लागेको हो ।

चैत तेस्रो सातादेखि छायाँकनमा जाने फिल्मलाई सौरभ लामाले छायाँकन गर्नेछन् । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा फिल्म निर्माण हुने निर्माण टिमले जनाएको छ ।

स्पेनिस भाषामा ‘कामिनो’ को अर्थ बाटो हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्