२८ असार २०८३, आइतबार

'पठान र टाइगर' को कम्बिनेसन बन्दै, सलमान र शाहरुख एकै एउटै फिल्ममा

'पठान र टाइगर' को कम्बिनेसन बन्दै, सलमान र शाहरुख एकै एउटै फिल्ममा

शाहरुख खान स्टारर फिल्म 'पठान' सुपरहिट भएपछि यशराज फिल्मसले अब सलमान खान स्टारर टाइगरको फ्रेन्चाइजी 'टाइगर ३' को तेस्रो सिरिज बनाउने तयारीमा जुटेको छ।

स्पाइ युनिभर्समा 'टाइगर र वार' पछि अब 'पठान'को पनि समावेश भएको छ । 

यशराज फिल्मसका प्रमुख आदित्य चोपडाले यो स्पाइले झन् नयाँ उचाइमा लैजाने बताएका छन्।

'पठान' र 'टाइगर' ३ अर्थात् शाहरुख खान र सलमान खानलाई एउटै फिल्ममा ल्याउने योजनामा चोपडामा छन्।

यशराज फिल्मसले हालै 'पठान भर्सेस टाइगर'को स्क्रिप्टमा काम गरिरहेको जनाएको छ। जसले शाहरुख र सलमानलाई ३० वर्षपछि पूर्ण भूमिकामा सँगै ल्याउनेछ।

आदित्य चोपडाले यो फिल्ममा लेखक श्रीधर राघवनसँग काम गरिरहेका छन् ।

सन् १९९५ मा 'करण अर्जुन' रिलिज भएदेखि शाहरुख र सलमानलाई एकसाथ पूरा भूमिकामा देखिनेछ।

'टाइगर-पठान'लाई एकसाथ ल्याउने दुई नायकको कथा आदित्य चोपडा आफैंले श्रीधर राघवनसँग मिलेर निर्माण गरिरहेका बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्