२१ असार २०८३, आइतबार

फिल्म निर्माण गर्दै प्रकाश सपूत, वैशाखमा नाम घोषणा गर्ने तयारी

फागुन १५, २०७९
फिल्म निर्माण गर्दै प्रकाश सपूत, वैशाखमा नाम घोषणा गर्ने तयारी

लोकप्रिय गायक प्रकाश सपूतले आफै फिल्म निर्माण गर्ने तयारी गरेका छन् । उनी यतिबेला गुपचुप रुपमा फिल्म निर्माणको तयारीमा जुटेका हुन् । 

आगामी वैशाखमा फिल्मको नाम घोषणा गर्ने उनको तयारी छ । उनी निकटस्थहरुका अनुसार यतिबेला फिल्मको कथामा प्रकाशले मेहनतका साथ काम गरिरहेका छन् । 

नेपाली साङ्गीतिक क्षेत्रमा फरक र विशिष्ट पहिचान बनाएका गायक प्रकाशले आफ्ना गीतको भिडियो निर्देशन आफैले कथानक शैलीमा गर्दै आएका छन् । फिल्मको निर्माणसँगै निर्देशन पनि प्रकाश स्वयंमले गर्ने बुझिएको छ । 

हालै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित प्रकाशले आफू फिल्म निर्माणको तयारीमा रहेको खुलाउँदै भने ‘बैशाखमा टाइटल घोषणा गर्ने तयारी हो ।’ 

उनले फिल्मबारे अरू केही कुराहरू भने खुलाउन चाहेनन् । 

उनले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटसले पनि फिल्मको तयारीलाई संकेत गर्छ । ‘बीचमा अलिकति  अलमलिएँ । अब चाहिँ नयाँ पागलपन सुरु भएको छ । पागलपन भित्र पाक्दैछ नयाँ परिकार । प्रतीक्षा गर्नुहोला’ – उनले लेखेका छन् ।

प्रकाशले नारायण रायमाझीको निर्देशनमा ‘परदेशी २’बाट फिल्ममा डेब्यू गरेका हुन् । गत दशैंलाई प्रदर्शन मिति तोके पनि उक्त समयमा प्रदर्शनमा नआएको यो फिल्म अब आगामी वर्षको दशैंमा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

‘परदेशी २’ पश्चातमात्रै प्रकाशको निर्माण रहने फिल्म प्रदर्शन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्