×

NMB BANK
NIC ASIA

फिल्म निर्माण गर्दै प्रकाश सपूत, वैशाखमा नाम घोषणा गर्ने तयारी

फागुन १५, २०७९

NTC
Premier Steels

लोकप्रिय गायक प्रकाश सपूतले आफै फिल्म निर्माण गर्ने तयारी गरेका छन् । उनी यतिबेला गुपचुप रुपमा फिल्म निर्माणको तयारीमा जुटेका हुन् । 

Muktinath Bank

आगामी वैशाखमा फिल्मको नाम घोषणा गर्ने उनको तयारी छ । उनी निकटस्थहरुका अनुसार यतिबेला फिल्मको कथामा प्रकाशले मेहनतका साथ काम गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली साङ्गीतिक क्षेत्रमा फरक र विशिष्ट पहिचान बनाएका गायक प्रकाशले आफ्ना गीतको भिडियो निर्देशन आफैले कथानक शैलीमा गर्दै आएका छन् । फिल्मको निर्माणसँगै निर्देशन पनि प्रकाश स्वयंमले गर्ने बुझिएको छ । 


Advertisment
Nabil box
Kumari

हालै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित प्रकाशले आफू फिल्म निर्माणको तयारीमा रहेको खुलाउँदै भने ‘बैशाखमा टाइटल घोषणा गर्ने तयारी हो ।’ 

Vianet communication

उनले फिल्मबारे अरू केही कुराहरू भने खुलाउन चाहेनन् । 

उनले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटसले पनि फिल्मको तयारीलाई संकेत गर्छ । ‘बीचमा अलिकति  अलमलिएँ । अब चाहिँ नयाँ पागलपन सुरु भएको छ । पागलपन भित्र पाक्दैछ नयाँ परिकार । प्रतीक्षा गर्नुहोला’ – उनले लेखेका छन् ।

प्रकाशले नारायण रायमाझीको निर्देशनमा ‘परदेशी २’बाट फिल्ममा डेब्यू गरेका हुन् । गत दशैंलाई प्रदर्शन मिति तोके पनि उक्त समयमा प्रदर्शनमा नआएको यो फिल्म अब आगामी वर्षको दशैंमा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

‘परदेशी २’ पश्चातमात्रै प्रकाशको निर्माण रहने फिल्म प्रदर्शन हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x