२५ जेठ २०८३, सोमबार

बर्न अस्पतालबारे कुराकानी : कति प्रतिशतसम्म जलेकाको नेपालमै हुन्छ उपचार ? [भिडियो]

‘नयाँ बर्न अस्पताल खोल्नुभन्दा भएकैमा दक्ष जनशक्ति थप्नु आवश्यक छ’
फागुन १६, २०७९

फागुन ३ गते बुधवार राति ग्यास सिलिन्डर चुहिएर नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी भयावह दुर्घटनामा परे ।

घटनामा घाइते सांसद भण्डारीकी आमाको निधन भयो भने सांसद भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ । उनको घरमा घटना हुनुको कारणबारे विस्तृत विवरण आइसकेको छैन । 

सांसद भण्डारीको अनुहार गहिरो रूपमा जलेको छ । हात र खुट्टामा पनि जलन भएको तथा गहिरो गरी पोलेकाले घाउमा छाला नै फेर्नुपर्ने अवस्था रहेको बताइन्छ । नेपालमा उपचार सम्भव नहुने भन्दै अस्पतालले भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनलाई रेफर गरेको थियो ।

नेपालमा विभिन्न कारणले भएको आगलागीमा परेर घाइते भएकाहरूका लागि उपचार हुने विशेष अस्पताल कीर्तिपुरस्थित ‘कीर्तिपुर बर्न अस्पताल’ हो । जहाँ गत वर्ष सरदर ६६० जना मानिस जलन भएपछि भर्ना हुन आएका अस्पतालले लोकान्तरलाई जानकारी दिएको छ । 

अहिले सांसद भण्डारीको घटनापछि जलनको सुविधासम्पन्न अस्पताल, दक्ष जनशक्ति, भरपर्दो स्वास्थ्य संस्था नभएको भनेर एउटा बहस शुरू भएको छ तर के नेपालमा सुविधासम्पन्न जलनको अस्पताल नभएकै हो ? के नेपालमै जलनको पूर्ण उपचार सम्भव छैन ?

null

यसै विषयमा लोकान्तरको टीमले कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी विभागका प्रमुख संयोजक हेमन्तध्वज जोशीसँग प्रश्न गरेको छ ।

उनले भने, ‘अहिले खासमा बर्न अस्पताल थप्नु ठूलो कुरा होइन, दक्ष जनशक्ति उत्पादन प्रमुख हो । किन भने प्लास्टिक सर्जरी गर्न सक्ने दक्ष जनशक्तिको हामीसँग अभाव छ,’ जोशीले भने, ‘यो पेशा पढ्नमा मनिसहरूको रुचि नै छैन । किनभने सरकारी अस्पतालमा गरीब बिरामी आउँछन् । उनीहरूसँग ठूलो रकम तिर्न सक्ने क्षमता हुँदैन । हामीले नै विभिन्न संघसंस्थालाई हारगुहार गरेर बिरामी खर्च मागेर बिरामीको उपचार गराउनुपर्ने हुन्छ । यस्तोमा अस्पतालको खासै आम्दानी हुँदैन । आम्दानी नभएपछि प्लास्टिक सर्जरी गर्ने जनशक्तिलाई राम्रो सेवासुविधा दिन सकिँदैन । राम्रो आम्दानी नहुने देखेपछि यो विषय पढ्न नयाँ जनशक्तिहरू खासै रुचि देखाउँदैनन् । अनि जनशक्ति पनि उत्पादन हुँदैन । त्यसैले राज्यले यतातिर बढीभन्दा बढी जनशक्ति उत्पादन कसरी गर्न सकिन्छ भनेर जोड दिनुपर्छ, न कि अस्पताल थपेर ।’

बाँकी भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्