×

NMB BANK
NIC ASIA

‘छक्का पञ्जा–४’ र ‘छड्के–२’को बुकिङ खुल्यो, कुनलाई कति शो ?

फागुन १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आउँदो शुक्रवार वर्षकै प्रतीक्षितमध्येका दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् ।

Muktinath Bank

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ र अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ एकैदिनबाट प्रदर्शनमा आउन लागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदर्शन हुन केही दिन मात्रै बाँकी रहँदा​दुई वटै फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।​ 


Advertisment
Nabil box
Kumari

मल्टिप्लेक्स हलहरुले सोमबार साँझ फिल्मको शो तालिका सार्वजनिक गरेका छन् । देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुईवटै फिल्मलाई राम्रो शो दिएका छन् । 

Vianet communication
Laxmi Bank

मंगलवार दिउँसोको तालिकाअनुसार प्रदर्शनको पहिलो दिन शुक्रवारका लागि क्यूएफएक्सले ‘छक्का पञ्जा–४’लाई ५५ शो दिएको छ ।

त्यस्तै ‘छड्के–२’ले क्यूएफएक्समा ३७ शो पाएको छ । अन्य मल्टिप्लेक्सहरुले पनि फिल्मलाई राम्रो शो दिएका छन् । 

दुवै राम्रो सम्भावना बोकेका फिल्म भएका कारण केही दिन अगाडि नै शो तालिका सार्वजनिक गरिएको हो । 

‘छक्का पञ्जा’ आफैंमा ब्राण्ड नाम हो भने ‘छड्के–२’ युवा पुस्तामाझ लोभलाग्दो स्टारडम बनाएका अभिनेता अनमोल केसी अभिनित फिल्म हो । दुवै फिल्मको प्रचार सामग्रीले यतिबेला दर्शक माझ राम्रो हाइप बनाइसकेका छन् । दुवै फिल्मले हलमा दर्शकको बाक्लो भीड लगाउने र आक्रामक ओपनिङ गर्ने अपेक्षा हल सञ्चालकको छ । 

हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा–४’मा दीपकराज, दीपाश्रीसँगै केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, राज आचार्य, बुद्धि तामाङ, बेदना राई, सुष्मा निरौला, नीर शाह लगायतका कलाकारहरूको अभिनय छ । 

निगम श्रेष्ठ निर्देशित ‘छड्के–२’मा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर लगायतको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x