२२ असार २०८३, सोमबार

पललाई राजेशपायलको सुझाव - भाइरल होइन, देशभक्तिका फिल्ममा अभिनय गर्नू

फागुन १६, २०७९
पललाई राजेशपायलको सुझाव - भाइरल होइन, देशभक्तिका फिल्ममा अभिनय गर्नू

गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन्। 

मंगलवार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले पललाई अबक दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरूमा अभिनय गरेर अघि बढ्न सुझाएका हुन्। 

उनले भने, ‘नेपाली माटो परिवेशकै कथाहरु नै ज्यादातर महत्व दिएभने त्यो उनको लागि पनि राम्रो र हाम्रो लागि पनि राम्रो कुरा हो । उनले नेपाली माटोको कथा बोकेको चलचित्रमा नै काम गर्नेछन् । गीतसंगीत पनि त्यही प्रकारको गर्नेछन् । भाइरलभन्दा पनि नेपाली गीत, संगीत उद्योगलाई टेवा पुग्ने काममा नै लागि पर्नेछन् ।’

सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौं आएका हुन्। 

काठमाडौं आउने क्रममा फ्यान र सिने पत्रकारहरूले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्