×

NMB BANK
NIC ASIA

नक्कली लाइसेन्स छ्यापछ्याप्ती

काठमाडौंमा नक्कली लाइसेन्स बनाउने गिरोह: ३५ भारुमा किनेर ३० हजारमा बिक्री

फागुन १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रोल्पाको त्रिवेणी गाउँपालिका– ७ घर भई ललितपुर बस्ने २८ वर्षीय प्रकाश घर्ती मगर ट्राफिक प्रहरीको चेकिङमा परे । 

Muktinath Bank

उनले देखाएको लाइसेन्समा शंका लागेर प्रहरीले केही समय रोके । उनको लाइसेन्समा केही समस्या छ कि भनेर यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले बोकेको लाइसेन्समा ‘ए’ वर्ग अर्थात मोटरसाइकल स्कूटर र मोपेड, बी वर्ग अर्थात कार, जीप र डेलिभरी भ्यान, एफ वर्ग मिनीबस र मिनीट्रक, जी वर्ग ट्रक, बस र लरी चलाउन मिल्ने भनेर ए, बी एफ र जी लेखिएको थियो ।


Advertisment
Nabil box
Kumari

तर, यातायात व्यवस्था विभागको तथ्यांकमा भने बी वर्गको अर्थात कार, जीप र डेलिभरी भ्यान मात्रै चलाउन मिल्ने अनुमतिको लाइसेन्स भएको देखायो । ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान गर्ने निकाय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वरमा बुझायो ।

Vianet communication
Laxmi Bank

अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो लाइसेन्समा नयाँ अनुमति थप्नका लागि ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा जाँदा एकजना दलालले थपिदिएको बयान दिए ।

‘निरौला थरका एक व्यक्ति म बनाइदिन्छु भन्दै घर्ती मगरको सम्पर्कमा आएको देखिन्छ । उनले पहिलादेखि नै चिन्थे वा त्यही क्रममा चिनेका हुन् भन्ने खुलेको छैन,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले लोकान्तरसँग भने, ‘हामीले पहिला पक्राउ परेका निरौला थरका व्यक्तिलाई ल्याएर उनलाई देखायौं, तर ती व्यक्ति नभएको पुष्टि भयो ।’

एसपी राठोरका अनुसार घर्ती मगर एकान्तकुना जाँदा ती व्यक्तिले ३० हजारमा अन्य सवारीको अनुमति थपिदिने डील गरेका थिए । त्यसैअनुसार बनाउनुभन्दा अगाडि ती दलाललाई १५ हजार रुपैयाँ अग्रिम दिएका थिए । लाइसेन्स ४ दिनपछि बनेर आएको थियो । त्यसपछि उनले अर्को १५ हजार रुपैयाँ दिएको देखिएको राठोरले बताए ।

प्रहरीले उनलाई नक्कली लाइसेन्स उपलब्ध गराउन यातायात व्यवस्था विभागका कर्मचारीको संलग्नता छ कि भनेर अनुसन्धान गर्दा पनि त्यस्तो देखिएको थिएन । 

बरु उनको लाइसेन्स यसभन्दा अगाडि पक्राउ परेका राजन तामाङहरूको गिरोहले बनाउँदै आएको लाइसेन्ससँग मिलेको देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीले फागुन ३ गते नक्कली लाइसेन्स बनाउने गिरोहका मुख्य नाइके नुवाकोट लिखु गाउँपालिका– ४ का ३६ वर्षीय राजन तामाङ, कास्कीको पोखरा महानगरपालिका– १ की ३४ वर्षीया कञ्चन गुरुङ र लिखु गाउँपालिकाकै ३८ वर्षीय अनिललाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

यो गिरोहले प्रतिलाइसेन्स ३० हजारमा बिक्री गर्दै आएको प्रहरीको बयानमा खुलाएको थियो । ‘यो गिरोहले प्रतिलाइसेन्स ३० हजार लिने गरेको प्रहरीलाई बताएको थियो,’ एसपी राठोरले लोकान्तरसँग भने ।

प्रहरीको अनुसन्धानमा उनीहरूले भारतको पटनाबाट ३५ रुपैयाँ भारुमा प्रिन्ट गरेर काठमाडौं ल्याई ३० हजार रुपैयाँमा बिक्री गर्दै आएको खुलेको छ । ‘हामीले भारतको रामप्रित नाम गरेको व्यक्तिलाई तथ्यांक पठाउने र उसले बनाएर हामीलाई दिने गरेको थियो,’ राजनको बयान उद्धृत गर्दै एसपी राठोरले भने ।

यो गिरोहले अर्कैको नाममा रहेको लाइसेन्समा डील गरेका व्यक्तिहरूको फोटो टाँसेर उपलब्ध गराउँदै आएको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

‘यातायातमा हेर्दा तथ्यांक हुन्छ, तर अर्कै व्यक्तिको वा त्यही व्यक्तिको पुरानाको लाइसेन्सको तथ्यांक देखिन्छ,’ एसपी राठोरले लोकान्तरसँग भने ।

कस्तो हुन्छ नक्कली र सक्कली लाइसेन्स ?

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टका अनुसार सामान्य आँखाले नक्कली र सक्कली छुट्याउन सकिँदैन ।

‘सामान्य आँखाले छुट्याउन गाह्रो हुन्छ । फेला परेका नक्कली लाइसेन्स र सक्कली लाइसेन्स हेर्दा उस्तै देखिन्छन्,’ एसएसपी भट्टले लोकान्तरसँग भने ।  

ट्राफिक प्रहरीले शंका लागेर यातायात व्यवस्था विभागमा रहेको तथ्यांक हेर्दा मात्र थाहा हुने गरेको छ । सरकारले लाइसेन्स रिडर उपलब्ध गराउने भनको थियो तर अहिलेसम्म पनि उपलब्ध नगराएको एसएसपी भट्टले लोकान्तरसँग बताए ।

अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूका अनुसार सामान्यतया सक्कली लाइसेन्सभन्दा नक्कली लाइसेन्स अलि मोटो देखिन्छ । प्रिन्टमा पनि हरियो रङ थोरै गाढा छ । सक्कली लाइसेन्समा हुने ‘चिप’ पछाडि देखिँदैन तर नक्कली लाइसेन्स पर्समा राखेको केही समयपछाडि चिपको डाम देखिन थाल्छ ।

‘नक्कली लाइसेन्सको कलर गाढा हुन्छ भने अर्को महत्त्वपूर्ण कुरा समय बित्दै जाँदा त्यसमा प्रयोग भएको चिपको डाम पछाडि देखिन थाल्छ,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी राठोरले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x