
बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ ।
गाउँपालिकाले चालु आवका लागि छुट्याइएका कुल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा योजना सम्झौता गरी काम सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताए ।
उनका अनुसार हालसम्म एक सय पाँच वटा योजना सम्पन्न भइ फरफारक पनि भइसकेका छन् । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पु¥याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उनको भनाइ छ ।