×

NMB BANK
NIC ASIA

लेकसाइडमा होलीको रंगमा रमाए पर्यटक

फागुन २२, २०७९

NTC
Premier Steels

नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि लेकसाइड पर्यटकको केन्द्र । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रंगमा रमाएका छन् । 

Muktinath Bank

होली नेपाली परम्पराको रंगको पर्व । एकआपसमा रंग खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रंगमा रंगिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रंगमा रमाए । निकै खुशी हुँदै विभिन्न रंग लगाउँदै होली खेले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन रेवान पोखराले फागु पूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका ५०० बढी पर्यटकले एकअर्कामा होली रंग लगाएर रमाएका थिए ।  


Advertisment
Nabil box
Kumari

होलीको रंगसँगै रमाइरहेका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुशी दिएको बताए । ‘निकै खुशी लागेको छ, पोखरामा आएर रंगसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुशी देखेको छु,’ उनले भने । 

Vianet communication

‘यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन्, सबैले सबैलाई सम्मानपूर्वक रंग लगाइदिए, मलाई यो समानता निकै मनपर्‍यो,’ उनले विभेदरहित पर्वको पनि संज्ञा दिए । उनीसँग रहेका अर्का जर्मन नागरिक डेनियलले पनि रंगसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए ।

अन्नपूर्ण बेसक्याम्पमा जान आएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुशी बढेको अनुभव सुनाए । आफूलाई निलो रंग एकदम मनपर्ने भन्दै उनी सोही रंगसँग निकै रमाए । आफूले पनि रंग दले र अरुलाई पनि लगाइदिए ।

त्यसैगरी ३ हप्ताअघि बेल्जियमबाट नेपाल आएकी लिसाले पनि रंगसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताइन् । लमजुङको बेसीशहरको एक स्कूलमा स्वयंसेवीका रूपमा काम गर्दै आएकी उनले पोखरा घुम्न आउँदा रंगसँग रमाउन अवसर मिलेको बताइन् । ‘म खुशी छु, जीवनको पहिलो अनुभव हो, रंगसँग रमाएको यो अवसरका लागि सबैलाई धन्यवाद,’ लिसाले भनिन् ।

इलामको चियाबारे अध्ययनका लागि नेपाल आएकी होल्यान्डकी एल्काले पनि रंगीविरंगी रंगमा रमाउँदा निकै आनन्द र खुशी लागेको प्रतिक्रिया दिइन् । उनले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्न सके खुशी मिल्ने बताइन् ।

उनले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर समेत प्रदान गरेकोमा खुशी व्यक्त गरिन् । रेवान पोखराका कार्यबाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागु पूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताए ।
    
‘कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रंग दलेर आत्मियता र माया साटिरहेको हामीले पायौं । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो,’ पौडेलले भने । हरेक संस्कार संस्कृतिको आआफ्नै महत्त्व हुने र त्यसको महत्त्व उजागार गर्नसके पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने उनको भनाइ थियो । 

उनले पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताए ।  
    
महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्‍याली निकालिएको थियो । रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उनले बताए । – जमुना वर्षा शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x