×

NMB BANK
NIC ASIA

वसन्तपुरको प्रेमिल र रंगीन होली !

फागुन २२, २०७९

NTC
Premier Steels

हातहातमा रंगका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौंको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रविन्दु हो वसन्तपुर क्षेत्र ।

Muktinath Bank

उपत्यकामा बस्ने होलीप्रेमीहरू एक पटक वसन्तपुर नपुगी चित्त बुझाउँदैनन् । सोमवार साँझ अबेरसम्मै वसन्तपुर दरबार क्षेत्र होलीमय हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती एक प्रेमिल जोडी पनि सोमवार बिहान मैतीदेवीस्थित आफ्नै कोठाबाट एकआपसमा रंग दलेर होलीको शुरूआत गरी न्युरोड आइपुगेका हुन् । साथीहरूबीच खुशी साट्दै र रंग दल्दै निस्किए । न्युरोड आइपुग्दा ५ प्रेमिल जोडीको एक समूह बन्यो । 


Advertisment
Nabil box
Kumari

होलीका लागि भनेर तयार पारिएको निखर सेतो टिसर्ट र बजारको ‘फेसनेबल हाफ पाइन्ट’मा थरीथरीका रंगको स्पर्शले उनीहरूको शरीर र लगाएको कपडा नै सप्तरंगी बनेको थियो । अनुहार चिनिने गरी मात्रै रंग दलिएको थिएन । 

Vianet communication

सबैका हातहातमा रंगका पोका थिए । वसन्तपुरमा पुगेर फागु खेल्न धोको बाँकी नै थियो । भेटेका अन्य समूहले रंग दल्दा उनीहरू पनि उक्त समूहलाई रंग दलेर ‘ह्याप्पी होली’ भन्दै मच्चीमच्ची उमंग साटासाट गर्थे । त्यो समूहकी एक कृपा शर्माले भनिन्, ‘यो प्रेमिल अनि रंगीन पर्व हो, होलीमा लगाइएको रंग आफैंमा विशेष र स्मरणयोग्य हुने भएकाले यो बेला जोडिने सम्बन्ध अटुट बन्छ ।’ त्यही कारण होली पर्व मनाउन कहिल्यै नछुटाउने गरेको उनले बताइन् ।

उनको जस्तै अन्य युवा समूह आ–आफ्नै रंगीन संसारमा होली खेल्दै सडकभरि हिँडिरहेका काठमाडौं चोकचोकमा यत्रतत्र थिए । अन्यत्रको भन्दा बढी मानिसको भीडभाड भने वसन्तपुरमै थियो । मध्य दिउँसो नै न्युरोडदेखि वसन्तपुरसम्मको सडकमा सवारी नै प्रभावित हुने गरी होली पारखीहरू भेला भइसकेका थिए । 

होली मनाउनेहरूको भीडले प्रहरीले त्यहाँको भित्री सडकमा यातायात आवागमन रोकेको थियो । प्रहरीले ठाउँठाउँमा सवारीसाधन जाँच अभियानलाई पनि तीव्रता दिइरहेको थियो तर सवारीसाधन न्यून मात्रामा सञ्चालन भएकाले सोमवार पैदल हिँड्नेको जमात बढी थियो । प्रहरी प्रवक्ता पोषराज पोखरेलले होलीमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न बाक्लो प्रहरी परिचालन गरिएको बताए ।

काठमाडौंको वसन्तपुर मात्रै होइन, कलंकी, बानेश्वर, कालीमाटी, सुन्धारा, नक्साल लगायत उपत्यकाका हरेक क्षेत्रमा युवाहरू समूह बनाएरै होलीमा रमाइरहेका भेटिए । कतै गीत संगीतमा झुमेका पाइए ।
 
होली सामाजिक एकता र भाइचारा विस्तार गर्ने र सुखदुःख साट्ने पर्व हो । सरकारले होलीमा सार्वजनिक बिदा दिएकाले पनि यसको महत्त्व विशेष रहेको कुरा स्पष्ट हुन्छ । ‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा होलीमा खेलिने रंगहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो,’ होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी शुभकामना सन्देश र ‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास छ’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट जारी शुभकामना सन्देशले पनि होली एउटा साझा संस्कृति हो र भाइचारा प्रवर्द्धनको महत्त्वपूर्ण कडी हो भन्न सकिन्छ । 

यस्ता पर्वहरूले आम नेपाली बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास गर्न सकिन्छ । 

बोटबिरुवाले पनि रंग बदलेर उमंग थपिदिने समयको शुरूआत होलीबाटै हुन्छ । होलीले वसन्त ऋतुकै प्रतिविम्बित गरिदिन्छ । होली प्रेम र आकर्षणको उत्सव मात्रै होइन, सत्य र निष्ठासँग पनि जोडिन्छ ।

होलीमा दलिने सप्तरंगी रंगले मानव जीवन सधैं सप्तरंगी हुनुपर्छ भन्ने सन्देश पनि दिने न्युरोडमा भेटिएको एक बटुवा कृष्णहरि नेपालले बताए । उनले पछिल्ला समयमा होलीलाई हिलो छ्यापाछ्याप गर्ने, मदिरामा लट्ठिने र जथाभावी रूपमा सवारी चलाएर दुर्घटनाको कारक बन्ने गर्नु उपयुक्त नहुने तर होलीलाई उमंगकै रूपमा रंग दलेर खुशी साटासाट गरेर मनाउनुपर्ने बताए ।

होली पर्वमा रंग मात्रै दलिँदैन गीत/संगीत र नृत्य एकसाथ पस्किने हुँदा उल्लास थपिदिन्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त नेपालमा मनाइने होली लगायतका पर्वहरूले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैको एउटा द्योतक हो होली पर्व । 

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति हो । फागुलाई आपसी खुशी र सद्भावको पर्वका रूपमा समेत लिइन्छ । पृथ्वीनारायण शाहले काठमाडौं विजयी गरेपछि होलीको परम्परा शुरू भनेर पनि मान्ने गरिन्छ  । त्यही सम्झनामा नेवार समुदायले वसन्तपुरमा रंगीन चीर गाडेपछि होली शुरू भएको भनी मान्दै पनि आएका छन् । 

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी र भक्त प्रह्लाद नजलेको कथासँग होली पर्व जोडिएको छ । 
  
अर्को कथा पनि होलीसँग जोडिएको छ । द्वापरयुगमा श्रीकृष्णलाई मार्न कंशले पठाएकी पुतनाले स्तनमा विष दलेर चुसाउन लाग्दा उनको प्रयास सफल हुन नसकि मारिइन् । त्यो बेला उनलाई जलाएर होली उत्सव गरिएकाले पर्वको शुरूआत भएको पनि मानिन्छ । 

होलीलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको प्रतीकका रूपमा स्मरण गरिन्छ र त्यही अनुसार मनाइन्छ । त्यसैको रिस र द्वेष त्यागेर प्रेम र भाइचाराका साथ एकापसमा रंग दलेर होली मनाउनु नै खास होली अर्थात् फागु हो । आज पहाड तथा हिमाली क्षेत्रमा र भोलि तराईमा होली पर्व मनाइन्छ । – नारायण ढुंगाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x