२२ असार २०८३, सोमबार

एक वर्षपछि सामाजिक सञ्जालमा फर्किए पल

फागुन २३, २०७९
एक वर्षपछि सामाजिक सञ्जालमा फर्किए पल
फाइल तस्वीर

जेल जीवन बिताएर फर्किएसँगै अभिनेता तथा मोडल पल शाह एक वर्षपछि सामाजिक सञ्जालमा फर्किएका छन् ।

उनी फागु पूर्णिमा (होली)को अवसर पारेर सोमवारदेखि सामाजिक सञ्जालमा फर्किएका हुन् । 

परिवारसँग होली मनाएको तस्वीरहरू फेसबुकमा राख्दै उनले लामो स्टाटस लेखेका छन् । उनले बितेको एक वर्षलाई सिकाइको उर्वर समयको रुपमा लिएको स्टाटसमा उल्लेख गरेका छन् ।

उनले आफ्नो मनमा कसैप्रति रिस न कुनै प्रतिशोधको भावना नरहेको बताएका छन् ।

अब आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य आफूमा रहेको उनले बताएका छन् । 

‘बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वमा मेरो सदा सम्मान र सद्भाव । र, यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गाली–गलौच र नराम्रो ब्यबहार नगरिदिनुहोला’ उनले लेखेका छन्, ‘उहाँहरूसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु ।’ 

पलले आफ्नो स्वागतमा परिवार, आफन्त, साथीभाइका साथै हजारौं दर्शकको भीड देख्दा आफू नमात्तिएको, बरु थप जिम्मेवार बनाएको महसुस गरेको बताएका छन् । गत साता जेलमुक्त पलले केही दिनमै अभिनयमा फर्किने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्