२२ असार २०८३, सोमबार

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

फागुन २३, २०७९
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अंकले उकालो लागेर १ हजार ९५२ दशमलव ६६ मा पुगेको छ ।

मंगलवारको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ५३ अंकले बढेर ३७० दशमलव २४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये २ उपसमूहको सेयर मूल्य ओरालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

मंगलवारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २८ अर्ब ८२ करोड ५८ लाख ९८६ बराबर पुगेको छ । विभिन्न कम्पनीका ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेसन शीर्षस्थानमा छ । कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५०३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी ९ करोड ३९ लाख ४४ हजार ५५९, छिमेक लघुवित्त ५ करोड ४५ लाख २० हजार ३३७, शिवम् सिमेन्ट ३ करोड ११ लाख ६ हजार ७३९ र एनआईसी एसिया बैंक ३ करोड २ लाख १९ हजार १८४ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सुभम् पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सुपर मादी हाइड्रोपावर ९ दशमलव ९७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ८ दशमलव ०२, इमर्जिङ नेपाल ५ दशमलव ८० र स्वाभिमान लघुवित्तको शेयर मूल्य ५ दशमलव २४ प्रतिशतले घटेको छ ।

सिवाइसी नेपाल लघुवित्त ५ दशमलव १८, नबिल इक्विटी फण्ड ३ दशमलव ८५, समिट लघुवित्त ३ दशमलव ४३, कुमारी धनवृद्धि योजना ३ दशमलव ०३ र सामलिङ पावर कम्पनीको शेयर मूल्य २ दशमलव ५३ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्