०४ साउन २०८३, सोमबार

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

फागुन २६, २०७९
एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ प्रालिले यसको बिक्री वितरण आरम्भ गरेको हो ।

नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ट गुणहरू एवं विशेषताले सम्पन्न भएको कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार स्पिल प्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधिजस्ता अत्याधुनिक विशेषता भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु नपर्ने र फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ।

यसैगरी ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाई टाढा राख्ने बताइएको छ। 

एक्साइड ब्राण्डको नेपालस्थित एक मात्र बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरैभन्दा धेरै ग्राहकको पहिलो रोजाई बनी बजारको उल्लेखनीय हिस्सा ओगट्नेमा विश्वस्त लिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्