मिशेल योहले एभ्रीथिङ, एभ्रीह्वेर अल याट वन्स फिल्मका लागि सर्वोत्कृष्ट अभिनेत्रीको अस्कर पुरस्कार जितेकी छन् ।
आइतवार राति भएको समारोहमा उक्त पुरस्कार जित्ने एसियाली मूलकी पहिलो अभिनेत्री योह बनेकी छन् ।
‘मजस्तै देखिने साना केटा र केटीहरूले यो समारोह हेरिरहेका होलान्, यो आशा तथा सम्भावनाको द्योतक हो,’ पुरस्कार ग्रहण गर्ने क्रममा उनले बताइन् । ‘ठूलो सपना देख अनि सपना पूरा हुन्छ भन्ने कुराको प्रमाण यो हो । अनि महिलाहरू, कसैले पनि तपाईंलाई उमेर ढल्किसक्यो भन्न पाउँदैन । कहिल्यै आत्मसमर्पण नगर्नुस् ।’
पहिलोपटक अस्करमा नोमिनेट भएकी योहले पुरस्कार जितेकी हुन् । उनले प्रतिस्पर्धी आन्ड्रिया राइजबोरो, केट ब्लान्चेट, मिशेल विलियम्स र आना डी आर्मासलाई पछि पार्दै पुरस्कार जितेकी हुन् ।