कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
म्याग्दीबाट कर्जा असुलीका लागि पर्वत गएका एनआईसी एसिया बैंकका कर्मचारीमाथि २ चैतमा कुटपिट भयो । बैंकका शाखा प्रबन्धक विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि कुटपिट भएको विषयमा वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थारूले ३ चैतमै सामूहिक विज्ञप्तिमार्फत भर्त्सना गरे ।
यसअघि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी देखे लखेटिहाल्ने, धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी गर्ने लगायतका अराजक गतिविधि भएको छ । उक्त घटनाले बैंकका कर्मचारीलाई पैसा उठाउन, किस्ता लिन तथा तथा ग्राहकसँगको समन्वय गर्न नै असहजता उत्पन्न भएको छ ।
अराजक र उत्तेजित अभिव्यक्ति दिने र बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्नेलाई कानूनी दायरमा ल्याएर काम गर्न वित्तीय संस्थाहरूले माग पनि गरिरहेका छन् ।
बैंकिङजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको छ । जबरजस्ती कानून हातमा लिएर हुने अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायसँग बैंक तथा वित्तीय संस्थाहरूले अनुरोध गरेका छन् ।
वित्तीय संस्थालक्षित अराजक गतिविधिले कसैको हित नहुने, यसले असहज वातावरण सिर्जना गर्ने, सामाजिक सहिष्णुता खलल पुग्न सक्ने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुनसक्ने भन्दै बेलैमा सजग हुन वित्तीय संस्थाहरूले आग्रह गर्दै आएका छन् ।
ऋणीहरूलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पूँजी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै पारदर्शीरूपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरसः पालना गरेर अगाडि बढेका निकायप्रति नकारात्मक टिप्पणी समग्र अर्थतन्त्रका लागि उपयुक्त नभएको वित्तीय संस्थाहरूले बताइरहेका छन् ।
‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कुटेर, पिटेर, तर्साएर, सामान्य कर्मचारीलाई आतंकित बनाएर ऋण मिनाहा हुने होइन,’ वोमी लघुवित्त वित्तीय संस्थाका सीईओ प्रमेश आचार्यले भने ‘कसैकसैलाई वास्तविक समस्या भएको हुनसक्छ । व्यावहारिक समस्या हुनेहरूको हकमा एउटा पाटोबाट हेर्न सकिन्छ, तर सबैले बैंक तथा वित्तीय संस्था ऋण नतिर्ने भन्ने त हुनै सक्दैन ।’
आचार्य भन्छन्, ‘व्यक्ति तथा ठाउँ विशेषमा समस्या भएको हो भने वास्तविकता बुझेर मात्रै भन्नुपर्ने हुन्छ । तर, वित्तीय सचेतना नभएकाहरूलाई उचालेर अनावश्यक तर्क गर्दै अराजक गतिविधि हुनु चिन्ताको विषय हो ।’
सोझासाझा र नबुझेकालाई उचालेर हुने यस्तो अवन्छित गतिविधि रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनको सुझाव छ ।
कर्जा लिएपछि बुझाउनुपर्छ भन्ने विषयमा केन्द्रीय बैंकले वित्तीय साक्षरता दिइरहेको छ । तर, अझै पनि तल्लो तहसम्म सचेतना पुग्न सकेको छैन ।
आचार्य भन्छन्, ‘कर्जाको भाका नाघ्ने, असुलीमा समस्या हुने भन्ने सबैलाई हुँदैन र यो नियमित प्रक्रिया हो । केही घरपरिवारले लिएको ऋणमा असहजता भएको पनि हुन सक्छ, तर सबैले नकारात्मक धारणा बनाएर लघुवित्तमाथि आक्रामक हुनुचाहिँ स्वाभाविक हैन ।’
उनले थपे, ‘लघुवित्तहरूले पछिल्लो समय कर्जा सूचना केन्द्रमा विवरण बुझाउन थालेको हुँदा कति ऋणीलाई ऋण दिए, अवस्था कस्तो छ, भन्ने स्पष्ट जानकारी सहजै आउँछ । पछिल्लो एक वर्षमा सबैको रिपोर्ट कर्जा सूचना केन्द्रबाट लिन सकिन्छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गर्न सक्नेसहितको सिस्टम पनि विकास हुँदै गएको छ । एउटा व्यक्ति वा संस्थाले गरेको कमजोरीलाई सबैको हो भनेर व्यवहार गर्नु उचित होइन’, आचार्य भने ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार देशभर १२० वटा बैंक तथा वित्तीय संस्थाहरू छन् । यसमध्ये ६४ वटा लघुवित्त, १७ वटा फाइनान्स, १७ वटा विकास बैंक र २२ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब निक्षेप संकलन भएको छ भने यसबाट ४८ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यसमध्ये ग्रामीण क्षेत्रमा मात्रै सेवा दिने लघुवित्तका सेवाग्राही ५९ लाख ८८ हजार पुगेका छन् । यी सेवाग्राहीमध्ये ३२ लाख ६० हजारले लघुवित्तको ऋण चलाएका छन् । योसहित बैंक तथा वित्तीय संस्थामा खाता खोलेर सेवा लिने ग्राहकको खाता संख्या ४ करोड ८७ लाख पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यी खातामध्ये ऋणीको संख्या भने १८ लाख ३६ हजार मात्रै छ ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बैंक वित्तीय संस्थाहरूले आफ्नो सेवा दिइरहेको र वित्तीय सचेतनाको काम भइरहँदा पनि अराजक गतिविधिको समस्या आउनु राम्रो नभएको बताउँछन् ।
उनका अनुसार भाका नाघेका ऋणीका लागि बैंक तथा वित्तीय संस्थाले १ महिनादेखि १ वर्षसम्मको जोखिम भार छुट्याउँदै आएका हुन्छन् । जब भाका नाघेको एक वर्ष हुन्छ, वा १०० प्रतिशत ऋणको जोखिम भार सम्बन्धित वित्तीय संस्थाले व्यहोनुपर्ने हुन्छ, त्यसपछि ऋणीको धितो लिलामीमा जान्छ ।
विना धितो ऋण प्रवाह भएका कर्जा, सहुलियत कर्जा वा समूहगत जमानी हुन्छ । त्यसैले ऋण लिएकाले तिर्ने र लिने प्रक्रिया हुँदाहुँदै आक्रमण गरेर र कुटपिट गरेर ऋण तिर्नु नपर्ने भन्ने कुनै हालतमा हुँदैन । पोखरेल भन्छन्, ‘ऋण दिने बैंक र लिने ऋणीको बीचमा राष्ट्र बैंक अगाडि आउने पनि होइन । केन्द्रीय बैंकले दिन सचेतना, वित्तीय जानकारी, नीतिगत व्यवस्था र नियमन गर्ने काम भइरहेको छ ।’
पोखरेल तर्क गर्छन्, ‘विधिको शासनमा चल्नुपर्छ । संसारभरीमा कुनै राज्य छैन, जसले बैंकको ऋण तिर्दिनँ भनेर सडकमा उफ्रँदैमा ऋण मिनाहा गर्ने गरी निर्णय लिएको होस् । ऋणीलाई गाह्रो भए, असजहता भए राज्यका निकायलाई नै जानकारी गराउने र सरकारले नै सहजीकरणका लागि निर्णय गर्ने अर्को पाटो हुन्छ ।’
राज्यले ऋण मिनाहा गर्ने हो भने सम्बन्धित वित्तीय संस्थालाई मिहानाबापतको रकम उपलब्ध गराएर मात्रै ऋण मिनाहा गर्न सक्छ । त्यसका लागि पनि राज्यकै निकायमा जानुपर्छ । सडकमा उफ्रँदैमा र बैंक तथा वित्तीय संस्थाका कार्मचारीलाई आतंकित बनाउँदैमा कहीँ कतै ऋण मिनाहा नहुने उनले बताए ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...