
आफ्नो समयका ठूला फिल्ममेकर फिरोज नाडियाडवालले तीन वटा फिल्म ल्याउँदैछन् ।
उनले ल्याउन लागेका सबै प्रोजेक्ट अघिल्ला फिल्मका सिक्वेल हुन् ।
लामो समयपछि उनीसँगै उनका पुराना कलाकार अक्षय कुमार, सुनील शेट्टी र परेश रावल पनि छन् । हालै उनीहरूले 'हेराफेरी ४' को घोषणा पनि गरेका छन् । जुनबाट ‘हेराफेरी ४’ को छायांकन शुरू गर्ने तयारी भइरहेको बताइएको छ ।
ट्रेड स्रोतका अनुसार ‘हेराफेरी’ को आगामी सिक्वेलमा आनन्द पण्डितसँगै फिरोज नाडियाडवाला पनि थिए। फिरोज नाडियाडवालाले आफ्नो फ्रेन्चाइजीहरू पुनः शुरु गर्ने आनन्द पण्डितको आइडिया थियो। जसका लागि उनी परिचित छन्। तर, अहिले आनन्द पण्डित आफैं यस परियोजनाको हिस्सा भने नभएको बताइएको छ ।
'वेलकम ३' र 'आवारा पागल दिवाना २' फिल्म एकै जनाले निर्माण गर्ने निर्माताको खोजी भइरहेको छ।
‘हेराफेरी ४’ र ‘आवारा पागल दीवाना २’मा कुनै समस्या नरहेको जनाइएको छ।
नीरज भोराले लेखेका 'हेराफेरी ४' को लेखन पूरा भएको छ । यस्तो अवस्थामा यो वर्षको गर्मीमा यसको छायांकन शुरू हुने अपेक्षा गरिएको छ । 'आवारा पागल दीवाना २' को लेखन भने अझै अधुरो रहेको जनाइएको छ। यो वर्षको अक्टोबरअघि यो पूरा नहुने देखिएको छ।