३० असार २०८३, मंगलबार

होटलको कोठामा झुण्डिएको अवस्थामा भोजपुरी अभिनेत्रीको शव फेला

होटलको कोठामा झुण्डिएको अवस्थामा भोजपुरी अभिनेत्रीको शव फेला

भोजपुरी अभिनेत्री आकांक्षा दुबे बनारसको एक होटलमा मृत फेला परेकी छन्। 

हिजो शनिबार राति सुटिङ सकेर होटलमा बसेकी नायिकाको शव कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । 

सूचना पाएपछि सारनाथ प्रहरीले शवलाई नियन्त्रणमा लिएको छ । हालसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

आकांक्षाको जन्म उत्तर प्रदेशको मिर्जापुरमा २१ अक्टोबर १९९७ मा भएको थियो । उनलाई सानैदेखि नृत्य र अभिनयमा रुचि थियो । उनी प्रायः सामाजिक सञ्जालमा डान्सको भिडियो पोस्ट गर्ने गर्थिन् । 

आकांक्षा शनिबार राति सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा बसेकी थिइन् र बिहान उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।

घटनापछि होटलका कर्मचारीले सारनाथ प्रहरीलाई खबर गरेका थिए ।

आफन्तलाई पनि घटनाबारे जानकारी गराइएको छ। एसीपी सारनाथले अभिनेत्रीको मोबाइल र अन्य सामान कब्जामा लिएर अनुसन्धान शुरू गरेको बताएका छन‍्। उनको नम्बरको कल डिटेल पनि निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्