२९ असार २०८३, सोमबार

दयाहाङका दुई चलचित्र एकैदिन, प्रमोसनमा ‘जारी’ प्राथमिकतामा कि ‘बिहे पास’ ?

दयाहाङका दुई चलचित्र एकैदिन, प्रमोसनमा ‘जारी’ प्राथमिकतामा कि ‘बिहे पास’ ?

नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एकैदिन ४ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । जसमध्ये अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेका २ चलचित्र छन् । 

आफू अभिनीत दुई चलचित्र एकैदिन प्रदर्शनमा आउने भएपछि दयाहाङलाई प्रमोसनमा समस्या देखिएको छ । उनले दुवै चलचित्रको प्रमोसन गरिरहेका छन् । यद्यपि, उनको फेसबुक वालमा हेर्ने हो भने ‘बिहे पास’लाई भन्दा ‘जारी’लाई उनले बढी प्राथमिकता दिएको देखिन्छ । 

रिलिज मात्र होइन्, यी दुवै चलचित्रको ट्रेलर पनि गत शुक्रवार एकैदिन सार्वजनिक गरिएको थियो । दयाहाङले दुवैको ट्रेलर फेसबुक वालमा सेयर गरेका छन् । यद्यपि, ‘जारी’ सम्बन्धित अन्य थुप्रै सामग्री पनि उनले वालमा सेयर गरेका छन् । यसरी हेर्दा दयाहाङले ‘बिहे पास’लाई भन्दा ‘जारी’लाई बढी महत्व दिएको बुझ्न सकिन्छ ।

‘जारी’ उपेन्द्र सुब्बाको लेखन एवं निर्देशनमा तयार भएको हो ।

चलचित्रमा दयाहाङसहित मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ लगायतको शीर्ष भूमिका छ ।

त्यस्तै, प्रवेश पौडेलको निर्देशनमा तयार ‘बिहे पास’मा दयाहाङसहित प्रकृति श्रेष्ठ, शिशिर वाङदेल, बुद्धि तामाङ, रविन्द्र झा लगायतको शीर्ष भूमिका छ । यी दुवै व्यापारिक रुपमा आशा गरिएका चलचित्रहरु हुन् ।

salt training

कमेन्ट गर्नुहोस्