२७ असार २०८३, शनिबार

सलमान खानलाई मार्ने धम्की दिने २१ वर्षे युवक पक्राउ

सलमान खानलाई मार्ने धम्की दिने २१ वर्षे युवक पक्राउ

सलमान खानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति पक्राउ परेका छन् ।

राजस्थान र मुम्बई प्रहरीको संयुक्त प्रयासमा धाकड राम बिश्नोई नामका एक व्यक्तिलाई पक्राउ परेका हुन्। उनी मात्र २१ वर्षका छन्। प्रहरीले अनुसन्धानमा यो इमेल जोधपुरबाट पठाएको पत्ता लगाएको छ। 

गत हप्ता सलमान खानका म्यानेजर जोर्डी पटेललाई धम्कीको इमेल आएको थियो । उक्त इमेलमा सलमान खानलाई मार्ने भनिएको थियो । त्यसयता इमेल पठाउने व्यक्तिको खोजी भइरहेको थियो। 

बान्द्रा प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको छ। जोधपुरको लुनी थानाका एसएचओ (स्टेसन हाउस अफिसर) ईश्वर चन्द पारीकले मुम्बई पुलिसले यस केससँग सम्बन्धित सबै जानकारी जोधपुर पुलिसलाई दिएको बताएका छन्। ​

धाकड राम बिश्नोईको ठेगाना थाहा पाउने बित्तिकै प्रहरी त्यहाँ पुगेको थियो। अहिले उनलाई जोधपुरबाट मुम्बई ल्याउने तयारी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्