२९ असार २०८३, सोमबार

कमल खत्रीले ल्याए ‘सुनैको चुरा’

कमल खत्रीले ल्याए ‘सुनैको चुरा’

गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ । 

रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् । 

यो प्रेमगीतमा गायक खत्रीसँगै रिकेश गुरुङ र अनु चौधरीको स्वर छ ।

गीतको भिडियोमा सुष्मा निरौलाका साथमा गायकद्वय खत्री र गुरुङको अभिनय एवं नृत्य हेर्न सकिन्छ । 

निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोलाई पवन सुस्लिङले छायांकन एवं सम्पादन गरेका हुन् । 

गायक खत्रीको अफिसियल ‘कमल खत्री’ युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्