२१ असार २०८३, आइतबार

कलाकारको गोपनियता र सुरक्षामा साइबर हमला हुन थाल्यो- भुवन केसी

कलाकारको गोपनियता र सुरक्षामा साइबर हमला हुन थाल्यो- भुवन केसी
फाइल तस्वीर

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनियता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका छन्। 

मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तरक्रियामा केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताए।

प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको उनको भनाइ थियो।

कलाकारहरूको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको भन्दै उनले साइबर हमलाको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे।

साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने उनले बताए।

नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध रहेको उनले उल्लेख गरे। 

salt training

कमेन्ट गर्नुहोस्