
नेपाली फिल्म ‘प्रेमा’ प्रदर्शनको ३ दिनमै धेरै हलबाट उत्रिएको छ ।
दर्शक नै नआएपछि धेरै हलहरूले फिल्मलाई उतारेका हुन् ।
मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सका कुनैपनि हलमा सोमवारका लागि यस फिल्मलाई शो देखाइएको छैन ।
प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको फिल्मले शो पनि औसत पाएको थियो । यद्यपि, हलमा न्यून संख्यामा पनि दर्शक तान्न नसकेपछि धेरै हलले फिल्मलाई ३ दिनमै उतार्न बाध्य भएका हुन् ।
गोविन्द सिंह भण्डारी निर्देशित ‘प्रेमा’ले निकै कमजोर समीक्षा प्राप्त गरेको छ ।
यो लभस्टोरी फिल्ममा अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् ।
‘छक्का पञ्जा ४’ र ‘छड्के २’ रिलिजको झन्डै १ महिनापछि हलमा नयाँ नेपाली फिल्मस्वरूप ‘प्रेमा’ प्रदर्शनमा आएको थियो ।
यो फिल्म नचलेपछि अब चैतको २४ गतेबाट रिलिज हुन लागेका ‘प्रसाद २ र बहाव’मा फिल्मकर्मीको ध्यान सोझिएको छ ।