२९ असार २०८३, सोमबार

म्युजिक भिडियोमा पल शाह र मिस पबिको जोडी

म्युजिक भिडियोमा पल शाह र मिस पबिको जोडी

टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् ।

उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी हुन् ।

मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् । 

‘थाहै भएन्’ गीतको भिडियोमा पल र मिस पबिको जोडी दर्शकहरुले देख्न पाउनेछन् ।

यो भिडियोको मुस्ताङमा छायांकन भएको हो ।

 गायक हिमाल सागरले सुटिङ सेटका तस्वीरहरू फेसबुकमा सेयर गरेका छन् ।

पलले यतिबेला धमाधम म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

मिस पबि भने सुनिल गिरीको ‘जुम्ला’ गीतपश्चात म्युजिक भिडियोमा व्यस्त बनेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्