१० साउन २०८३, आइतबार

लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता

लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता

लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्डको सांगितिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको विशेष अतिथिस्वरूप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न लक्ष्मी केयर्सका १,२०० भन्दा बढी हितैषीको उपस्थिति रहेको थियो । 

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवर्द्धन लगायतका विविध सामाजिक कार्यमा उपयोग हुनेछ । 

यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्