×

NMB BANK
NIC ASIA

नयाँ वर्षमा नेपाली फिल्म : वैशाख १ मा अब त्रिपक्षीय भिडन्त

फिल्मलाई शो कम दिइएपछि ‘बुलाकी’ निर्देशकको गुनासो – सबैलाई बराबर शो दिनुस्, दर्शक नआए हटाइदिनुस्

चैत २८, २०७९

NTC
Premier Steels

वैशाख १ मा अब तीनवटा नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् ।

Muktinath Bank

‘नाइँ नभन्नू ल ६’ निर्धारित मितिबाट पछाडि हटेसँगै ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र विकास बोर्डले प्रदर्शनको ३ दिन अघिसम्म पनि सेन्सर सिफारिस नदिएको र शोको बाँडफाँडसमेत भइसकेकाले ‘नाइँ नभन्नू ल ६’ वैशाख १ मा प्रदर्शनमा आउन नसक्ने भएको निर्देशक विकासराज आचार्यले बताएका छन् । यद्यपि, विकास वोर्ड मंगलवार दिउँसो फिल्मलाई सेन्सर सिफारिस दिएको छ । 


Advertisment
Nabil box
Kumari

यो फिल्म अब वैशाख १५ गतेबाट प्रदर्शनमा ल्याउने सोँचमा निर्माण टिम पुगेको छ । 

Vianet communication

वैशाख १ मा प्रदर्शनमा आउने तयारीमा रहेका तीनवटै फिल्म विभिन्न कारणले चर्चामा छन् ।

यीमध्ये ‘जारी’ र ‘बिहे पास’ दयाहाङ राईको मुख्य भूमिका रहेका फिल्म हुन् ।

उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर शीर्ष भूमिकामा छन् ।

‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्मित यो फिल्ममा प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बूलगायतको समेत अभिनय छ ।

यस्तै, प्रवेश पौडेल निर्देशित ‘बिहे पास’मा दयाहाङ र प्रकृति श्रेष्ठ शीर्ष भूमिकामा छन् । उनीहरुका साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, श्याम राई लगायतको पनि अभिनय छ । अर्को फिल्म ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, प्रकाश कंडेल, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

तीनमध्ये ‘जारी’ र ‘बुलाकी’को कथा उस्तै रहेको आँकलन फिल्मवृत्तमा छ । 

‘बुलाकी’  निर्देशकको गुनासो – सबै फिल्मलाई बराबर शो दिनुस्, दर्शक नआए हटाइदिनुस्

वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ । 

मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा ‘जारी’ फिल्मलाई सबैभन्दा बढी शो दिइएको छ । मंगलवार क्यूएफएक्सको वेवसाइट हेर्दा उक्त फिल्मलाई प्रदर्शनको पहिलो दिन ५३ शो दिइएको छ । 

त्यस्तै, ‘बिहे पास’ले ३२ शो पाउँदा ‘बुलाकी’लाई ११ शो मात्र दिइएको छ । 

फिल्मले कम शो पाएपछि यसका निर्देशक लक्ष्मण सुनारले आक्रोश पोखेका छन् ।

उनले सबै फिल्मलाई बराबर शो उपलब्ध गराइदिन अनुरोध गरेका छन् । 

स्टार, ब्राण्ड र अस्वस्थ राजनीतिको चपेटामा आफ्नो फिल्म परेको उनको गुनासो छ ।

‘सबै फिल्ममा निर्माताको लगानी, सम्पूर्ण टिमको मेहनत जोडिएको हुन्छ । सबैलाई फिल्म दर्शकसामु पुर्याउनु छ । कृपया नजन्मेको शिशुको भ्रूण हत्या नगरिदिनुस्’ उनले फेसबुकमा लेखेका छन्, ‘पहिला २ शो दिने अनि केहीबेरमा १ शो घटाइदिने ! फिल्म हेर्न बाँकी नै छ त्यसैले यति हतार नगरिदिनुस् । शो घटाउने–बढाउने दर्शकको हातमा छोडिदिनुस । सबै फिल्मलाई बराबर शो दिनुस । दर्शकले माया नगरे हटाइदिनुस । त्यसमा हाम्रो गुनासो हुनेछैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x