
एसीसी प्रिमियर कप खेल्न आएको ओमानले अभ्यास खेलमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
२८ ओभरमा ६ विकेट १२७ रन बनाएर कमजोर अवस्थामा रहे पनि अन्ततः ओमानले नेपालाई २४६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
त्यसपछि थप ६ विकेट गुमाउँदा ओमानले नेपाल समक्ष बलियो चुनौती पेश गरेको हो ।
५० ओभरमा ९ विकेट गुमाउँदै ओमानले २४५ रन बनायो ।
प्रिमियर कपका खेल वैशाख ५ देखि १८ सम्म चल्नेछन् ।
नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेविया समावेश छन् ।
त्यस्तै, समूह बीमा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
नेपालले मलेसियासँग ५ वैशाखमा टियु क्रिकेट मैदानमा पहिलो खेल खेल्दैछ ।