×

NMB BANK
NIC ASIA

फेरि किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार

कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्दै, भोलि ३ बजे शपथ

बैशाख २, २०८०

NTC
Premier Steels

कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् ।

Muktinath Bank

यस अघि नै मन्त्रीका लागि अन्तिम तयारीमा रहेका साउदलाई भोलि परराष्ट्र मन्त्री बनाउने तयारी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीसँग ६ वटा मन्त्रालय बाँकी भए पनि भोलि साउदको मात्रै शपथको तयारी भएको हो ।


Advertisment
Nabil box
Kumari

‘६ वटा मन्त्रालय बाँकी भए पनि भोलि एनपी साउदले मात्रै परराष्ट्र मन्त्रीमा शपथ गराउने तयारी छ ।’ कांग्रेस स्रोतले भन्यो । 

Vianet communication

एक जना मन्त्रीका लागि शपथको तयारी गर्न पनि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासलाई सन्देश पठाइसकेको छ ।

प्रधानमन्त्रीसँग अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालयको जिम्मा छ । 

यस अघि १७ चैतमा कांग्रेसबाट उपप्रधानसहित रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङ मन्त्री भएका थिए ।

अझै अपूर्ण सरकार 

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेको समर्थनमा १० पुसमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो दल कांग्रेसका साथ पाउँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन चुक्दै आएका छन् ।

प्रधानमन्त्री भएको ४ महिना बित्न लाग्दा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । ४ मंसिरको निर्वाचनमा तेस्रो दल हुनुको बाबजुद पनि सत्ता राजनीतिको खेलले प्रचण्डलाई प्रधानमन्त्री त बनायो । तर पहिलो र दोस्रो ठूलो दलको सामु उनी मन्त्रिपरिषद्लाई ४ महिनासम्म पनि पूर्णता दिन नसक्ने विवशतामा रुमल्लिरहेका छन् ।

चैत ६ मा दोस्रोपटक विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने जिकिर गर्दै आएका प्रधानमन्त्री प्रचण्डले थप एक महिना समय घकाईसकेका छन् । 

एक महिना १६ वटा मन्त्रालयको जिम्मा लिएका प्रचण्डसँग फेरि पनि ६ वटा मन्त्रालयको चाप छ । १७ चैतमा मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनले भागबण्डा मिलाउन सकेनन् । जसले फेरि पनि उनी भाका सार्न बाध्य भए । 

चैत २२ मा माओवादीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । प्रचण्डले सरकारले पूर्णता पाउने मात्रै होइन जनताले राहत पाउने गरी काम थाल्ने र नीति बनाउन लाग्ने बताएका थिए । तर उनले भनेको १० दिनको समय बितिसक्दा पनि सरकारको पूर्णता पाउने मेसोसमेत देखिएको छैन । 

कांग्रेसबाट थप ५ जनासम्म मन्त्री बन्ने पक्का भए पनि अझै ४ जनाको टुंगो लागेको छैन । संस्थापनबाट मोहनबहादुर बस्नेतको पनि मन्त्री बन्ने टुंगो यस अघि नै लागेको थियो । तर उनको भोलि शपथ नहुने भएको छ । 

डा. शेखर कोइराला पक्षले पनि तीन मन्त्री पाउने भएको छ । तर उनीहरूले पनि नाम बुझाइसकेका छैनन् । 

शेखर पक्षबाट धनराज गुरुङ र डीगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा छ । 

तर सहमहामन्त्रीद्वय जीवन परियार र बद्रि पाण्डे मन्त्रीका लागि दाबेदार छन् । त्यस्तै प्रदीप पौडेल र सुरेन्द्रराज आचार्य पनि दाबेदार रहेका छन् । 

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेको समर्थनमा १० पुसमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो दल कांग्रेसका साथ पाउँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन चुक्दै आएका छन् । 

प्रधानमन्त्री भएको ४ महिना बित्न लाग्दा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । ४ मंसिरको निर्वाचनमा तेस्रो दल हुनुको बाबजुद पनि सत्ता राजनीतिको खेलले प्रचण्डलाई प्रधानमन्त्री त बनायो । तर पहिलो र दोस्रो ठूलो दलको सामु उनी मन्त्रिपरिषद्लाई ४ महिनासम्म पनि पूर्णता दिन नसक्ने विवशतामा रुमल्लिरहेका छन् ।

चैतमा ६ दोस्रोपटक विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने जिकिर गर्दै आएका प्रधानमन्त्री प्रचण्डले थप एक महिनाको पनि समय घकाईसकेका छन् । 

एक महिना १६ वटा मन्त्रालयको जिम्मा लिएका प्रचण्डसँग फेरि पनि ६ वटा मन्त्रालयको चाप छ । १७ चैतमा मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनले भागबण्डा मिलाउन सकेनन् । जसले फेरि पनि उनी भाका सार्न बाध्य भए । 
प्रधानमन्त्रीसँग अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालयको जिम्मा छ ।

चैत २२ मा माओवादीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रचण्डले बताएका थिए । प्रचण्डले सरकारले पूर्णता पाउने मात्रै होइन जनताले राहत पाउने गरी काम थाल्ने र नीति बनाउन लाग्ने बताएका थिए । तर उनले भनेको १० दिनको समय बितिसक्दा पनि सरकारको पूर्णता पाउने मेसोसमेत अझै देखिएको छैन । 

कांग्रेसको आन्तरिक भागबण्डाको सकस र नेकपा एकीकृत समाजवादीले समेत थप मन्त्रालय मागेपछि फेरि पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने भएका हुन् । 

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा शनिबार बिहान बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । 

प्रधानमन्त्री बनेकाे ४ महिनासम्म मन्त्रिपरिषद् पूर्ण नहुँदा सरकारका कार्यसम्पादनमै असर परेकाे छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x