कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् ।
यस अघि नै मन्त्रीका लागि अन्तिम तयारीमा रहेका साउदलाई भोलि परराष्ट्र मन्त्री बनाउने तयारी भएको हो ।
प्रधानमन्त्रीसँग ६ वटा मन्त्रालय बाँकी भए पनि भोलि साउदको मात्रै शपथको तयारी भएको हो ।
‘६ वटा मन्त्रालय बाँकी भए पनि भोलि एनपी साउदले मात्रै परराष्ट्र मन्त्रीमा शपथ गराउने तयारी छ ।’ कांग्रेस स्रोतले भन्यो ।
एक जना मन्त्रीका लागि शपथको तयारी गर्न पनि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासलाई सन्देश पठाइसकेको छ ।
प्रधानमन्त्रीसँग अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालयको जिम्मा छ ।
यस अघि १७ चैतमा कांग्रेसबाट उपप्रधानसहित रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङ मन्त्री भएका थिए ।
अझै अपूर्ण सरकार
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेको समर्थनमा १० पुसमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो दल कांग्रेसका साथ पाउँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन चुक्दै आएका छन् ।
प्रधानमन्त्री भएको ४ महिना बित्न लाग्दा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । ४ मंसिरको निर्वाचनमा तेस्रो दल हुनुको बाबजुद पनि सत्ता राजनीतिको खेलले प्रचण्डलाई प्रधानमन्त्री त बनायो । तर पहिलो र दोस्रो ठूलो दलको सामु उनी मन्त्रिपरिषद्लाई ४ महिनासम्म पनि पूर्णता दिन नसक्ने विवशतामा रुमल्लिरहेका छन् ।
चैत ६ मा दोस्रोपटक विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने जिकिर गर्दै आएका प्रधानमन्त्री प्रचण्डले थप एक महिना समय घकाईसकेका छन् ।
एक महिना १६ वटा मन्त्रालयको जिम्मा लिएका प्रचण्डसँग फेरि पनि ६ वटा मन्त्रालयको चाप छ । १७ चैतमा मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनले भागबण्डा मिलाउन सकेनन् । जसले फेरि पनि उनी भाका सार्न बाध्य भए ।
चैत २२ मा माओवादीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । प्रचण्डले सरकारले पूर्णता पाउने मात्रै होइन जनताले राहत पाउने गरी काम थाल्ने र नीति बनाउन लाग्ने बताएका थिए । तर उनले भनेको १० दिनको समय बितिसक्दा पनि सरकारको पूर्णता पाउने मेसोसमेत देखिएको छैन ।
कांग्रेसबाट थप ५ जनासम्म मन्त्री बन्ने पक्का भए पनि अझै ४ जनाको टुंगो लागेको छैन । संस्थापनबाट मोहनबहादुर बस्नेतको पनि मन्त्री बन्ने टुंगो यस अघि नै लागेको थियो । तर उनको भोलि शपथ नहुने भएको छ ।
डा. शेखर कोइराला पक्षले पनि तीन मन्त्री पाउने भएको छ । तर उनीहरूले पनि नाम बुझाइसकेका छैनन् ।
शेखर पक्षबाट धनराज गुरुङ र डीगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा छ ।
तर सहमहामन्त्रीद्वय जीवन परियार र बद्रि पाण्डे मन्त्रीका लागि दाबेदार छन् । त्यस्तै प्रदीप पौडेल र सुरेन्द्रराज आचार्य पनि दाबेदार रहेका छन् ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेको समर्थनमा १० पुसमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो दल कांग्रेसका साथ पाउँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन चुक्दै आएका छन् ।
प्रधानमन्त्री भएको ४ महिना बित्न लाग्दा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । ४ मंसिरको निर्वाचनमा तेस्रो दल हुनुको बाबजुद पनि सत्ता राजनीतिको खेलले प्रचण्डलाई प्रधानमन्त्री त बनायो । तर पहिलो र दोस्रो ठूलो दलको सामु उनी मन्त्रिपरिषद्लाई ४ महिनासम्म पनि पूर्णता दिन नसक्ने विवशतामा रुमल्लिरहेका छन् ।
चैतमा ६ दोस्रोपटक विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने जिकिर गर्दै आएका प्रधानमन्त्री प्रचण्डले थप एक महिनाको पनि समय घकाईसकेका छन् ।
एक महिना १६ वटा मन्त्रालयको जिम्मा लिएका प्रचण्डसँग फेरि पनि ६ वटा मन्त्रालयको चाप छ । १७ चैतमा मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनले भागबण्डा मिलाउन सकेनन् । जसले फेरि पनि उनी भाका सार्न बाध्य भए ।
प्रधानमन्त्रीसँग अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालयको जिम्मा छ ।
चैत २२ मा माओवादीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रचण्डले बताएका थिए । प्रचण्डले सरकारले पूर्णता पाउने मात्रै होइन जनताले राहत पाउने गरी काम थाल्ने र नीति बनाउन लाग्ने बताएका थिए । तर उनले भनेको १० दिनको समय बितिसक्दा पनि सरकारको पूर्णता पाउने मेसोसमेत अझै देखिएको छैन ।
कांग्रेसको आन्तरिक भागबण्डाको सकस र नेकपा एकीकृत समाजवादीले समेत थप मन्त्रालय मागेपछि फेरि पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने भएका हुन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा शनिबार बिहान बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री बनेकाे ४ महिनासम्म मन्त्रिपरिषद् पूर्ण नहुँदा सरकारका कार्यसम्पादनमै असर परेकाे छ ।