१३ असार २०८३, शनिबार

अझै पूर्ण निको भएनन् राष्ट्रपति पौडेल, सोमबार पनि अस्पताल पुगे

अझै पूर्ण निको भएनन् राष्ट्रपति पौडेल, सोमबार पनि अस्पताल पुगे

राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएकाे स्वास्थ्य समस्या अझै निकाे नभएपछि फेरि अस्पताल पुगेका छन् । १८ चैत अघि होलबडी चेक अप गराएका पौडेल त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । 

कोखा दुखेको र संक्रमण जस्तो देखिएका उनलाई एन्टिबायोटिक दिइएको थियो । यसको डोज पूरा भएपछि उनी फलोअपका लागि सोमबार फेरि अस्पताल पुगेका हुन् ।

पेटकाे दुख्ने क्रम फेरि पनि बेलबेलामा बल्झिएपछि राष्ट्रपति अस्पताल पुगेका हुन् । 

‘१८ चैत अघि होलबडी चेक गर्दा उहाँको पेटमा समस्या देखिएको थियो । कोखामा दुखेपछि संक्रमण जस्तो देखेर हामीले एन्टिबायोटिकको डोज दिएका थियौं’ पौडेलका निजी चिकित्सक डा. निरज बमले लोकान्तरसँग भने, ‘एन्टिबायोटिकको डोज पूरा भएपछि सोमबार फलोअपमा आउनुभएको थियो । परीक्षण गराएर फर्किनुभयो ।’ फोक्सोको बाहिरी भागमा जमेको पानी निकालेर परीक्षण गरिएको जानकारी बमले दिए । तर पौडेललाई कुनै गम्भीर समस्या नदेखिएको जानकारी उनले दिए ।

फोक्सोको बाहिरी भागमा पानी जमेपछि निमोनियाको आशंका गरिएको बुझिएको छ । 

सचिवालयले पनि राष्ट्रपति पूर्ण स्वस्थ नभएकाे जानकारी दियाे ।

पौडेल १८ चैतमा शिक्षण अस्पतालमा भर्ना भएर २२ चैतमा डिस्चार्ज भएका थिए । 

यसपछि उनी प्रत्येक साता फलोअपमा गइरहेका छन् । 

कमेन्ट गर्नुहोस्