×

NMB BANK
NIC ASIA

अझै पूर्ण निको भएनन् राष्ट्रपति पौडेल, सोमबार पनि अस्पताल पुगे

बैशाख ४, २०८०

NTC
Premier Steels

राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएकाे स्वास्थ्य समस्या अझै निकाे नभएपछि फेरि अस्पताल पुगेका छन् । १८ चैत अघि होलबडी चेक अप गराएका पौडेल त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । 

Muktinath Bank

कोखा दुखेको र संक्रमण जस्तो देखिएका उनलाई एन्टिबायोटिक दिइएको थियो । यसको डोज पूरा भएपछि उनी फलोअपका लागि सोमबार फेरि अस्पताल पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेटकाे दुख्ने क्रम फेरि पनि बेलबेलामा बल्झिएपछि राष्ट्रपति अस्पताल पुगेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘१८ चैत अघि होलबडी चेक गर्दा उहाँको पेटमा समस्या देखिएको थियो । कोखामा दुखेपछि संक्रमण जस्तो देखेर हामीले एन्टिबायोटिकको डोज दिएका थियौं’ पौडेलका निजी चिकित्सक डा. निरज बमले लोकान्तरसँग भने, ‘एन्टिबायोटिकको डोज पूरा भएपछि सोमबार फलोअपमा आउनुभएको थियो । परीक्षण गराएर फर्किनुभयो ।’ फोक्सोको बाहिरी भागमा जमेको पानी निकालेर परीक्षण गरिएको जानकारी बमले दिए । तर पौडेललाई कुनै गम्भीर समस्या नदेखिएको जानकारी उनले दिए ।

Vianet communication

फोक्सोको बाहिरी भागमा पानी जमेपछि निमोनियाको आशंका गरिएको बुझिएको छ । 

सचिवालयले पनि राष्ट्रपति पूर्ण स्वस्थ नभएकाे जानकारी दियाे ।

पौडेल १८ चैतमा शिक्षण अस्पतालमा भर्ना भएर २२ चैतमा डिस्चार्ज भएका थिए । 

यसपछि उनी प्रत्येक साता फलोअपमा गइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x