×

NMB BANK
NIC ASIA

प्रकाश सपूतको गीत ‘सकम्बरी’को चर्चासँगै आलोचना पनि सुरू

बैशाख ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गायक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ यतिबेला सर्वाधिक चर्चामा छ । 

Muktinath Bank

उनले तीन दिनअघि सार्वजनिक गरेको गीत टिकटकमा छाएको छ । युट्युबमा भिडियोको भ्युज ५० लाख पुगिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोले युट्युब ट्रेन्डिङको पहिलो स्थानमा कब्जा जमाएको छ । गीतको चुलिँदो चर्चाबीच आलोचना समेत सुरु भएको छ । शब्द र भिडियोमा समावेश दृश्यलाई लिएर कतिपयले आलोचना गरेका छन् । 


Advertisment
Nabil box
Kumari

राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को वाध्यताको फाइदा यस क्षेत्रका पुरुष पात्रहरूले पाइला–पाइलामा कसरी उठाउँछन् भन्ने कथा भिडियोमा पेस गरिएको छ । ति महिला पात्र वाध्यतावश अवाञ्छित सम्झौता गर्दै गतल बाटोमा लाग्छिन् । सोही बाटोमार्फत उनी सफलताको उकालो चढ्छिन् । ति महिला पात्रको कलाकारिता सपना, पारिवारिक जिम्मेवारी, पुरुष पात्रले उठाउन खोज्ने फाइदा, उनको वाध्यता, महत्वकांक्षा र त्यसको परिणामलाई गीतमा पेस गरिएको छ ।

Vianet communication
Laxmi Bank

गीतमा प्रकाश स्वयंमको शब्द, संगीत र स्वर छ । सुदिप सागरको संगीत संयोजन रहेको गीतमा स्वरमा प्रकाशलाई बर्ता गन्धर्वले साथ दिएकी छन् ।

प्रकाशले आफ्नै कथा एवं निर्देशनमा भिडियो तयार पारेका हुन् । भिडियोमा आफू स्वयंमसँगै कुसुम शर्मा, सुनिल थापा लगायतका कलाकारको अभिनय छ । 

धेरैले प्रकाशले विगतमा जस्तै यस गीतमार्फत पनि यथार्थ चित्रण गरेको भन्दै प्रशंसा गरेका छन् । गीत र भिडियो चर्चामा आएसँगै यसको आलोचना समेत सुरु भएको हो ।

धेरैले उनको उक्त सिर्जनाको खुलेर प्रशंसा गरिरहँदा कतिपयले भने आलोचना गरेका छन् । 

गीतले महिलाको भावनामाथि अपमान गरेको आरोप कतिपयले लगाएका हुन् । त्यस्तै, कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । कतिपयले स्वर राम्रो भएपनि महिलाहरूलाई डोमिनेट गरिएको र गलत रुपमा चित्रण गरिएको गुनासो कतिपयको छ । कतिपय पुरुषहरूले समेत गीतको आलोचना गरेका छन् । 

सामाजिक अभियन्ता, फिल्म निर्माता समेत रहेका नर बहादुर कार्कीले प्रकाशले उत्पिडकमाथि नभइ उत्पीडितमाथि प्रश्न उठाएको जुन हास्यास्पद सामन्तीस्तरको चेतना भएको स्टाटस लेखेका छन् । 

त्यस्तै, सुष्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपूतले एउटा गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् ।

गीता चिमरियाले उक्त गीतबाट गलत भाष्य किन निर्माण गरियो भनेर प्रश्न गरेकी छिन् । 

निमा काफ्लले लय, ताल र स्वर राम्रो बनेका गीतले सन्देश गतिलो नदिँदा खल्लो महसुस हुने गुनासो गरेकी छिन् । 

गायक प्रकाश सपूतको गतवर्ष सार्वजनिक गीत ‘पीर’ पनि आलोचनामा परेको थियो  ।

उक्त गीतको भिडियोमा उनले एक पूर्व महिला छापामारले काठमाडौँमा जीवन जिउनका लागि देह व्यापार गर्नुपरेको दृश्य समावेश गरेका थिए । जसको चर्को विरोधपछि गीतबाट उक्त दृश्य हटाइए पुनः भिडियो सार्वजनिक गरेका थिए ।

गीतले चर्चा पाउँदा गायक प्रकाश सपूत भने यतिबेला अमेरिकामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x