०६ साउन २०८३, बुधबार
एसीसी प्रिमियर कप

मलेसियाविरुद्धको खेल जित्न नेपाललाई २३६ रनको लक्ष्य

मलेसियाविरुद्धको खेल जित्न नेपाललाई २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेल जित्न नेपालले २३६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले । मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३, ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

१० टीम सहभागी प्रतियोगितामा नेपाल समूह ए मा छ ।

यो प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्