मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा राप्रपा सांसद विनादेवी जयसवालले बोल्ने समय पाइन् ।
उनले सबैलाई ध्यान केन्द्रित गराउन चाहन्छु भन्दै गायत्री मन्त्र जप गर्न थालिन्–
ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥
संस्कृतमा यो मन्त्र पढेर उनले भनिन् ‘देश र जनताप्रति निष्ठावान बन्न ईश्वरका नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधारियोस्, भ्रष्टाचार कम होस् भनेर यो मन्त्रको जप यसै सदनमा हुनुपर्छ ।’
त्यसपछि उनले अंग्रेजीमा बोलिन् । ‘आई स्ट्रङ्ली विलिभ अल द रिलिजन आर सेम । माइ ड्यु रेस्पेक्ट टु अल रिलिजन । माइ रिलिजन इज माइ प्राइड ।’
कुनै पनि धर्ममा भेद नरहेको तर मान्छेमा भेद रहेको उनले थपिन् ।
शून्य समयको एक मिनेटको अन्त्यमा उनले भनिन्– ‘सर्व धर्म सम्पन्न नेपाल हिन्दू राष्ट्र कायम होस् । जय श्रीराम !’