३१ जेठ २०८३, आइतबार

क्लासभित्रै विद्यार्थीहरूलाई झगडा गर्न लगाउने शिक्षिका बर्खास्त (भिडियो)

बैशाख ६, २०८०
क्लासभित्रै विद्यार्थीहरूलाई झगडा गर्न लगाउने शिक्षिका बर्खास्त (भिडियो)

अमेरिकाको टेक्सस राज्यमा एक शिक्षिकाले आफ्ना विद्यार्थीहरूलाई कक्षाकोठाभित्रै झगडा गर्न प्रोत्साहित गरेपछि उनलाई विद्यालयले निष्काशन गरेको छ । 

नेटली गार्सिया नामक ती शिक्षिकाले बालबालिकाको ज्यान जोखिममा पारेको भन्दै पक्राउ समेत गरिएको छ । गत साता गार्सियाले चारजना विद्यार्थीलाई झगडा गर्न दिएर शारीरिक चोटपटकको जोखिममा पारेकी थिइन् । 

कक्षाका १२ र १३ वर्षका बालबालिकालाई लड्नका लागि उनले नियम समेत बनाएकी थिइन् । केही विद्यार्थीलाई ढोकामा उभिएर सुरक्षा चियो गर्न समेत उनले लगाइन् । 

घटनाको भिडियोमा चारजना विद्यार्थीले झगडा गरेको देखिन्छ । लडाइँ शुरू हुनुअघि शिक्षिकाले ३० सेकेन्ड भनेको सुनिन्छ । झगडा हुँदै गर्दा टाइमरको आवाज आएको पनि सुनिन्छ । 

किम्बोरो मिडलस्कूलले ती शिक्षिकालाई जागिरबाट बर्खास्त गरेको जनाएको छ । उनी एक महिनाका लागि मात्र जागिर खान आएको पनि उसले जानकारी दिएको छ । 

विद्यालयले ती शिक्षिकाको बेहोरा असह्य भएको जनायो । 
 

salt training

कमेन्ट गर्नुहोस्