कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु बिक्री गरे ।
पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुन्छ । वार्षिक उत्पादन ४५ सय मेट्रिक टनभन्दा माथि छ ।
यहाँका किसानले वर्षमा झण्डै रु १० करोड आलु बिक्री गर्ने महाशाखा प्रमुख मनोहर कडरियाले बताए । ‘आलु खेतीका लागि हेम्जा उर्वर ठाउँ हो’ उनले भने, ‘यहाँको आलु देशमै ब्राण्ड बनिसकेको छ ।’
उनले घरघडेरीले हेम्जाको उब्जाउ जग्गा नासिँदै गएकोमा भने चिन्ता व्यक्त गरे । महानगरको आँकडा अनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलु खेती हुन्थ्यो । अहिले त्यो खुम्चेर तीन सय हेक्टरमा सीमित भएको छ ।
राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण कृषियोग्य जग्गा घट्दै गएको छ ।
‘हेम्जाको आलु बजारमा आउँदा पोखरामा अन्यत्रबाट हुने आयात झण्डै ५० प्रतिशत जति घट्छ’, महाशाखा प्रमुख कडरियाले भने, ‘हेम्मालगायतका ठाउँमा आलु खेती बढाउन सके पोखरालाई आवश्यक आलु यहीँ फलाउन सकिन्छ ।’
हेम्जामा ‘एमएस।–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलुबाली लगाउने गरिएको किसान चित्रनाथ पौडेलले बताए । कात्तिक÷मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्र्याइन्छ । हेम्जामा हिउँदे आलुको मात्रै खेती हुने गरेको छ । त्यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजार पुग्छ ।
पछिल्लो समय ‘आलु महोत्सव’ हुन थालेपछि आलुको बजारीकरणमा सहजता थपिएको किसान बताउँछन् । आलु भण्डारणका लागि महानगरको आर्थिक सहयोगका चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । गुणस्तरीय बीउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनआदिले आलु खेतीमा चुनौती थप्ने गरेको किसानको भनाइ छ ।
व्यावसायिक कृषिको प्रवद्र्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव गर्ने गरिएको स्थानीय विष्णु पादुका क्लबका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
क्लबको आयोजनामा गत चैत २६ देखि वैशाख ३ गतेसम्म चलेको आलु महोत्सवमा आलुलगायत ताजा तरकारीको वहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकी प्रस्तुत गरिएको थियो ।
किसानलाई लक्ष्य गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउबीजन, कृषियन्त्र, उपकरण आदिको प्रदर्शनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुति, किसान सम्मानलगायतका कार्यक्रम पनि राखिएको थियो । कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवले यस वर्षदेखि पुनः निरन्तरता पाएको हो ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...