२९ असार २०८३, सोमबार

पाल्पा बस दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो [सूचीसहित]

बैशाख १०, २०८०
पाल्पा बस दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो [सूचीसहित]

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ ।

आइतबार बिहान ९ बजेतिर पाल्पाको जोरधारामा सडकबाट बस तल खस्दा १ जनाको मृत्यु भएको थियो । ३८ जना यात्रु घाइते छन् । 

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी अन्दाजी ४० वर्षीया राधिका पौडेल रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । 

घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए । 

आइतबार बिहान बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा दुर्घटना भएको थियो ।

दुर्घटनाग्रस्त बस सडकबाट करिब ३० मिटर तल खसेर भीरमा अड्किएको अवस्थामा छ ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्दार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्