३० असार २०८३, मंगलबार

धेरै काँटीसहित चम्पा जिपलक अगरबत्ती बजारमा

बैशाख १०, २०८०
धेरै काँटीसहित चम्पा जिपलक अगरबत्ती बजारमा

नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा बजारमा ल्याएको छ ।

नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटीसहितको प्याकमा उपलब्ध छ ।

यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरू रहेका छन् । जसको मूल्य रु. १०० प्रतिप्याक कायम गरीएको छ ।

जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढी समयसम्म कायम रहने छ । जसले गर्दा हरेकपटकको प्रयोगमा ग्राहकहरूले उही अद्भूत सुगन्ध प्राप्त गर्ने कम्पनीको दाबी छ ।

यस जिपलक प्याकले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । 

१६५ वटा सुगन्धित एवं गुणस्तरीय काँटी भएकाले चम्पा जिपलक लामो समयसम्म चल्नेछ । जसले गर्दा छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

हरेक प्रयोगपछि जिपलक बन्द गरी सुरक्षित तबरले राख्दा सहज भण्डारीकरणको साथै गुणस्तरीयतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ । 

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्डहरू बजारमा सर्वत्र उपलब्ध छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्