०८ साउन २०८३, शुक्रबार

एसीसी प्रिमियर कप क्रिकेट– नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित​

बैशाख ११, २०८०
एसीसी प्रिमियर कप क्रिकेट– नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित​

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत  नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण प्रभावित भएको छ ।

मूलपानी  क्रिकेट मैदानमा आज  बिहान ८:३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि शुरू हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल शुरूआत हुन सकेको छैन । 

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

तेस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको  समूह ‘बी’ का हङकङ र बहराइनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्