
अमेरिका–इरानबीचको जारी द्वन्द्वले देशको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरेको भारतको संघीय सरकारले जानकारी गराएको छ । सरकारका अनुसार युद्ध शुरू भएदेखि जुलाई २० तारिखसम्म करिब २६ हजार उडानहरू प्रभावित भएका छन् ।
उडान मार्ग परिवर्तन गर्नुपर्दा र उडान अवधि लम्बिँदा सञ्चालन खर्च बढेको कारण भारतीय वायुसेवा कम्पनीहरूलाई ठूलो राजस्व घाटा भएको भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा सङ्घीय उड्डयनमन्त्री मुरलीधर मोहोलले जानकारी दिए ।
उनले भने, 'मध्यपूर्वमा द्वन्द्वबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै भारतको नागरिक उड्डयन नियामक निकायले यात्रु, चालक दल र विमानको सुरक्षाका लागि धेरै पटक सुझाव जारी गरेको छ ।'
मन्त्रीले सरकारले उड्डयन क्षेत्रलाई सहयोग गर्न र हवाई यात्रालाई किफायती राख्न विभिन्न कदम चालेको बताए ।