२९ असार २०८३, सोमबार

तनहुँमा सर्वेन्द्रले घटाए एमालेको ११ हजार मत

बैशाख १२, २०८०
तनहुँमा सर्वेन्द्रले घटाए एमालेको ११ हजार मत

आफ्नो संगठनलाई चुस्त बनाउन नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिरहेका बेला तनहुँको उपनिर्वाचनमा एमालेको भोट घटेको छ ।

मंसिर ४ को चुनावमा झण्डै २० हजार पाएको ठाउँमा एमालेले उपनिर्वाचनमा भने ८ हजार भोट पाएको छ । 

मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार एकबहादुर राना १९ हजार ९ सय ८१ मत पाएर दोस्रो भएका थिए । विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत पाएका थिए । त्यो बेला पनि एमालेले सत्ता गठबन्धनको सामना गरेको थियो । 

५ महिनापछिको उपनिर्वाचनमा सर्वेन्द्र खनालले एमालेको ११ हजार ४ सय ९३ भोट घटाएका छन् । खनालले ८ हजार ४ सय ८८ मत पाए ।

विजयी रास्वपाका स्वर्णिम वाग्लेले ३४ हजार ९ सय २१ मत पाएका छन् । एमाले उम्मेदवारभन्दा रास्वपाले पाएको मत ४ गुणा बढी छ । 

मंसिर ४ को चुनावमा काठमाडौं– ६ मा पराजित खनाललाई एमालेले तनहुँ १ मा उम्मेदवार बनाएको थियो । खनाललाई उम्मेदवार बनाइएकोमा स्थानीय नेता कार्यकर्ता रुष्ट थिए । खनाललाई उनीहरूले खुलेर समर्थन गरेनन् ।  

नेपाल प्रहरीको पूर्व महानिरीक्षक समेत रहेका खनाललाई जसपा सांसद डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको आरोप समेत लागेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्