३१ जेठ २०८३, आइतबार

लगेजमा बन्दूक बोकेर हिँड्ने महिला विमानस्थलमा पक्राउ

बैशाख १२, २०८०
लगेजमा बन्दूक बोकेर हिँड्ने महिला विमानस्थलमा पक्राउ

अमेरिकाको लस एन्जलसबाट सिड्नी पुगेकी एक महिलाले लगेजमा सुन दलेको बन्दूक राखेको पाइएपछि पक्राउ गरिएको छ । 

ती महिलाले अस्ट्रेलियामा बन्दूक ल्याउन वा बोक्न अनुमति नलिएको अस्ट्रेलियन बोर्डर फोर्सले बयान जारी गरी बतायो । 

अस्ट्रेलियामा बन्दूक स्वामित्वसम्बन्धी नियम कठोर छ । पूर्व स्वीकृति विना कसैले पनि जानाजान बन्दूक वा हतियार लैजान पाउँदैन । यसको अधिकतम सजाय १० वर्षको कैद हुनेछ । 

नाम नखुलाइएकी ती महिला सोमवार स्थानीय अदालतमा पेश गरिएकी थिइन् । उनलाई धरौटीमा रिहा गरिएको छ ।

उनको प्रवेशाज्ञा तथा अस्ट्रेलियामा निरन्तर बसाइका विषयमा अदालतले निर्णय गर्नेछ । उनलाई देशनिकाला पनि गर्न सकिने एबीएफले जनाएको छ । 

ती महिलाले किन अन्तर्राष्ट्रिय यात्रामा समेत बन्दूक बोकेकी थिइन् भनी खुलेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्